म मर्दा तिमीलाई गुनासो कुनै, हुन्छ वा हुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।
तिम्रो मायामा हैन मलाई, तिमीमै शंका भयो
तिम्रो सानो माया पनि मलाई, सुनकै लंका भयो ।।
उडिकन हावामा चंगाले आकाश, छुन्छ वा छुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।
शंकाले लंका जलाएझैँ, मलाई नि जलायो
हारेको थिइँन तिम्रो मायाले, खै कैले गलायो ।।
यो मेरो शंकालाई तिम्रो मायाले, धुन्छ वा धुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।
म मर्दा तिमीलाई गुनासो कुनै, हुन्छ वा हुँदैन
म मर्दा खेरी त्यो तिम्रो मन, रुन्छ वा रुँदैन ।।
पुस्कल पौडेल (–––प्रतिक)