पानी जति बगे पनि, फर्केर त आउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।
तिम्रो सामु हुँदा कोही, अहिले मलाई हेला गर्छौ
सबले छोडी गएपछि, आखिर मेरै फेला पर्छौ ।।
जीवन जिउन तिमीले पनि, लेक–बेसी धाउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।
अहिले त तिम्रो मनले, मलाई पनि थुक्न सक्छ
पश्चातापले गर्दा पछि, आफ्नै शिर झुक्न सक्छ ।।
बाँजो बारी जोत्न पनि, बहर गोरु दाउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।
पानी जती बगे पनि, फर्केर त आउनै पर्छ
आखिरमा तिमीले पनि, मलाई माया लाउनै पर्छ ।।
पुस्कल पौडेल (–––प्रतिक)