Skip to content

जन्म दिने बाउ आमाकै, कसम

जन्म दिने बाउ आमाकै, कसम ! खायौ भने बिश्वास गर्छु
अगुल्टो हल्लाउँदै रातमा, भेट्न ! आयौ भने बिश्वास गर्छु

माया त गर्छु भन्छन् यहाँ, तरिका मात्रै फरक–फरक
कसैले नलाको तिमीले, माया ! लायौ भने बिश्वास गर्छु

हामी बिचको माया असंभव, मलाई अनि तिमीलाई था’छ
खानु न लाउनु तै पनि, मैतिर ! धायौ भने बिश्वास गर्छु

सुखै–सुखमा हुर्के पनि, दुःखलाई पनि बुझेको भन्छौ
मेरो लागि दुःखको गीत, एउटा ! गायौ भने बिश्वास गर्छु

जन्म दिने बाउ आमाकै, कसम ! खायौ भने बिश्वास गर्छु
अगुल्टो हल्लाउँदै रातमा, भेट्न ! आयौ भने बिश्वास गर्छु

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *