सानो थियो हाम्रो संसार, सानै थियो रहरहरू
भुल्न गहारो अझै पनि, बिराना ती प्रहरहरू ।।
मायाको सुन्दर संसार, बुन्ने हाम्रो चाह थियो
निस्ठुरी ईश्वरलाई नि, यो कुरा थाहा थियो ।।
फेरि किन ईश्वरले नै, घोली दियो जहरहरू
भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू ।।
बाँच्नु थियो दुनियाँमा, सबैलाई बचाएर
हाँस्नु थियो दुनियाँमै, सबैलाई हँसाएर ।।
सुन्य छन् अचेल किन, कोलाहाल शहरहरू
भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू ।।
सानो थियो हाम्रो संसार, सानै थियो रहरहरू
भुल्न गारो अझै पनि, बिराना ती प्रहरहरू ।।
पुस्कल पौडेल (–––प्रतिक)