Skip to content

यो त सानु अति भयो


झुटो तिम्रो बाचा बन्धन, तिमीसँगै सति गयो
माया गर्नेलाई नि धोका ! यो त सानु अति भयो ।।

जीवनभरि सँगै जिउने, जस्ले कसम खाएकोथ्यो
जुनी–जुनी अमर हुने, जस्ले माया लाएकोथ्यो ।।
सागर थियो जसको माया, घटी थोपा जति भयो
माया गर्ने लाईनी धोका ! यो त सानु अति भयो ।।

तिमीले आफूलाई पनि, धोकेबाज जनाई दियौ
एउटा माया लाए पनि, हजार घाउ बनाई दियौ ।।
… मुटुभरि घाउहरू, नसोध कति भयो
माया गर्ने लाई नि धोका ! यो त सानु अति भयो ।।

झुटो तिम्रो बाचा बन्धन, तिमी सँगै सति गयो
माया गर्ने लाईनी धोका ! यो त सानु अति भयो ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *