तिम्लाई मलाई एकै ठाउँमा, बाले देखे भने बबाल हुन्छ
यहाँ ! आफ्नै मान्छे पत्रकार छन् , फेरि लेखे भने बबाल हुन्छ ।
हिजो जे भन्थेँ आज, भन्नु मैले कसरी अब
एकान्तमै कति भेट्नु, कसैले देखे भने बबाल हुन्छ
यी आँखाले तिमीलाई नै, हेरिरहन खोज्छन् सधैँ
त्यसैले त भीडमा कसैले, भन्थेँ ! छेके भने बबाल हुन्छ ।
तिम्लाई मलाई एकै ठाउँमा, बाले देखे भने बबाल हुन्छ
यहाँ ! आफ्नै मान्छे पत्रकार छन्, फेरि लेखे भने बबाल हुन्छ ।
पुस्कल पौडेल (–––प्रतिक)
