Skip to content

बिबेक दुलाल क्षेत्री

उसले खनेको जिन्दगीको खाल्डो

पाच बर्ष अघि । अजय साझ-साझमा घर घुर्दै गरेको थियो । उसका साथीहरू विजय, रोहिणी र ऊ भएर जबर जस्ती यौटी किशोरी माथि गरेको कुकर्म । उसले धेरै दिन भुल्न सकेन । श्रीमतीले उसको उदाशिता देखेर पहिले नै” के भयो रोजीका बाबा?” भनेर सोधेकी हो । तर उसले बताउनै सकेन । पुलिसले बलात्कारीलाई खोजिरहेकै थियो ।

ऊ पैतिस दिन कटाएर घर आएको थियो ।

उनीलाई सम्झेर मेरो शनदपत्र

  • by

खान्न खान्न भन्दा भन्दै पनि
खाइसकेको छु मैले
प्यारी तिम्रो कसम !
जान्न जान्नभन्दा भन्दै पनि
घुमिसकेको छु मैले
प्यारी तिम्रो प्रेमको बगैचा!!

अप्ठ्यारोलाई पनि रुवाई दिनुछ

  • by

अप्ठ्यारोलाई पनि रुवाई दिनुछ
उनीलाई मेरो याद सुनाई दिनुछ

जो जो छन् आत्महत्या गर्नेहरू यहाँ
सबैलाई जिउने कला सिकाई दिनुछ

नियात्रासित

  • by

नियात्रा !
अहिले प्रत्येक पलमा
म तिमीलाई सम्झिरहेछु

हो ;
तिमी नमान्न सक्छौ
यो एउटा सहयात्रा मात्र हो
सगै हिड्ने साथीको सम्बोधन मात्र हो
मेरो यो आशयलाई
तिमीले -“यो एउटा घटिया पुरुष शोच मात्र हो !”
भनेर थुक्न पनि सक्छौ

पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस

  • by

असहाय हुन्छ
निरूपाय हुन्छ
अपाहाज हुन्छ
फुर्ति सबै हराएको हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस ।

आजकाल त मान्छेको विचार

  • by

आजकाल त मान्छेको विचार यति पगारिएको छ
पुरा नहुने सपनाको भारी बोकेर, ऊ पछारिएको छ

मेरो देशमा कृतिमान राख्नेहरूको कुनै कमि छैन
अनि त नियम-कानूनले नदिएको कुरा सकारिएको छ

प्रतिष्ठा र अमरता दुवै बढ्छ

  • by

सधैं हिमाल झै अग्लिएको मान्छे
आज मैले होचो देखे
सधैं आडम्बरले हास्ने मान्छे
आज मैले रोएको देखे
सधैं चुरु, फुरू गर्ने मान्छे
आज पछारिएको देखे
सधैं फलामभन्दा दह्रो छु भन्ने मान्छे
आज मैले दोब्रिएको देखे

नया नयाँ कुरा झिकी (चार मुक्तक)

  • by

(१)
नया नयाँ कुरा झिकी सताउनु न हजूर
मातृभूमि याद आए रसाउनु न हजुर
शोच्दै नसोचेको रेगिस्थान घर भो आज
कति भयो परदेशमा बताउनु न हजुर !

BibekDulalChhetri-06

तिम्रो सामुन्ने गरिबी आई झुक्नेछ

  • by

तिम्रो सामुन्ने गरिबी आई झुक्नेछ एकदिन
तिम्रो अघाउन्जेल नै धोको पुग्नेछ एकदिन

यो बेला नदी पहाड चढ़ला, पहाड नदीमै डुब्ला
तिम्रो भित्रभित्रै दबेको रहर झुल्नेछ एकदिन

फेसबुक यात्रामा

  • by

एकातर्फ
-स-साना खोलीहरू
स-साना बिचारका तरेलीहरू
स- साना खुशीमा रमाइरहेछन
तिनीहरूले अरूलाई बिचार लाद्नु छैन
तिनीहरूले अरूबाट कवि भनिनु छैन ।

ओ प्रियतमाहरू!

  • by

ओ प्रियतमाहरू !
मेरा चरम उत्कर्शका योजनतहहरू
तिम्रो सुन्दर सपनाको योनाङ्गमा
पुग्न नपाउदै स्खलित हुँदा
म कति पनि दुखित भइन
ओ शहरीवालाहरू!

बा-आमाको तस्बिर

  • by

मेरो कोठाको भित्तामा
घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट
खुर्पे चन्द्र झैँ टाँगिएको छ
मेरा बा-आमाकोको तस्बिर ।

रोगले मेरा बा-आमालाई थलाएको थ्यो
जसरी अहिले यो देशलाई थलाएको छ
महंगीले मेरा बा-आमालाई खेदेको थ्यो
जसरी यो मुलुकलाई महंगीले खेदेको खेद्यै छ ।