Skip to content

बिबेक दुलाल क्षेत्री

इच्छाहरूको अवसानमा

  • by

इच्छाहरू भुइदेखि उठेर
घरको धुरीसम्म छुन खोज्थे
इच्छाहरू गर्वित मुद्रामा
आकाशसम्म फड्को मार्न तम्सन्थे
इच्छाहरू आफ्नै लयमा
बिना रोकटोक निरन्तर हिडिरहन खुशी मान्थे ।

आऊ साथी पढेर (बाल-गजल)

  • by

आऊ साथी पढेर ठूलो मान्छे बन्नु छ
ज्ञानी, गुणी बनेर ठूलो मान्छे बन्नु छ

अल्छी बनी यसरी चुप बसी हुदैन
कर्तब्यमा जमेर ठूलो मान्छे बन्नु छ

नारीप्रति

  • by

भ्रुण छदै पनि क्रुर समाजको
छोरा चाहिने लिप्सामा कत्ले आम तुहाइन पुगी
जन्मदै खेरी पनि निर्दयतापूर्वक मारेर फालिन पुगी
किशोरी छदा फटाहाहरूको गिद्दे नजरबाट मात्र नभई
पापी नंग्राबाट चिथोरिन पुगी
अलि ठुली भए पछि फूल झैँ
सिमाना पारी र खाडीका मुलुकहरूमा बेचिन पुगी

तिमीसित (९)

  • by

नमाग मसित रहेको दुखेको मन
नमाग मसित टास्सिएर रहेको गरिबी
नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया
र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश ।

एकान्त यो आजभोलि

  • by

एकान्त यो आजभोलि मलाई आई थिच्छ
तिमीलाई सम्झिएर दिन मेरो बित्छ

सुखद पल छैन मेरो म छु दुर देशमा
तिम्रो यादमा छट्पटिन्छु, व्याधा निहु झिक्छ

गल्तीबोध

  • by

चण्डीप्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए । चण्डीप्रसादले आफ्ना छोराहरूलाई यसपाली माघेसक्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए । “आमा पनि जीवित छैनन्, जाउन् त बाउ,” भनेर साहिलो छोराले गोजीमा पैसा राखिदियो ।

गाउका बुढाबुढी, केही अधवैँशे, केही युवती र केटाकेटी गरेर दश बाह्र जना जति गए । धरानबाट चतरालाइनको बाटो हुँदै उनीहरू बराह मन्दिर परिसरमा पुगे ।

म त सार्है बिग्रेँ

  • by

अहिलेसम्म
आफू मात्र अघाउने प्रपन्चमा छु
आजसम्म
आफैलाई मात्र सोच्ने बिचारमा छु
ममाथि
अहमको पदार्पण भएको छ
म गजक्क परेर
अरूले गरेको नमस्कार
अरूले निहुरिएर हेरेको दृश्य
यो बेला आनन्दले चपाउदैछु ।

कान्छी, मलाई त कविता लेख्नै आउदैन

  • by

कान्छी !
मलाई त कविता लेख्नै आउदैन ।

लेख्न त मन पर्छ
मेचीको पनि कालीको पनि
कोर्न त मनलाग्छ
कोशीको पनि, कर्णालीको पनि
तर पनि काठमाण्डौमा पानीको हाहाकार देखेर
मलाई त कविता लेख्नै आउदैन कान्छी ।

BibekDulalChhetri-05

बिना कामको मान्छे

  • by

लाचार सडकहरू
रुन्चे हाँसो हाँसिरहेछन्
थकित पुलहरू पागल झैँ
अकारण खित्का छोडिरहेछन्
कुइनेटाहरू, कृष्णेभीरहरू
जोगीमाराहरू, त्रिशूलीका किनारहरू
खाना नखाएको बबुरो पीर लिएर
पिरोल्लिरहेछन्

यहाँ हुनेको नै रेस्टुरेन्ट छ

यहाँ हुनेको नै रेस्टुरेन्ट छ, बार छ
म बाहेक सबैको सपना साकार छ

मेरी मनकी देवी बस्थिन पल्लो घरमा
हेर्न खोजेको त म भन्दा अग्लो पर्खाल छ

आफैँदेखि आफै दिगदार पो लाग्न थाल्यो
ऐनामा गई हेर्दा सुन्टी जस्तो आकार छ

फोस्रा मान्छेले चिल्लो सपना

  • by

फोस्रा मान्छेले चिल्लो सपना तुन्छन
सोझालाई मास्न फेरि जालो बुन्छन

पोशाक फेर्छन्, बोली पनि फेर्छन्
कोहि छैन भन्दै आफ्नो मान्छे चुन्छन्

फेसबुक वालमा एउटा मान्छे

ऊ अरूलाई चिन्दैन
ऊ अरूलाई मान्दैन
ऊ कसैको गल्ती पनि जान्दैन
(अरूको गल्ती जाने पनि बताउदैन)
फेसबुक वालमा एउटा मान्छे

अरू उसको तारिफ गर्छन्
अरू उसको प्रसंशा गर्छन्
लाइक गर्छन
कम्मेन्ट गर्छन्

म अनि यी कविताहरू

  • by

यी कविता रगत पच्छे छन्
यी कविताहरू दम र पक्षघातले पीडित छन्

यी कविताहरू अस्पतालको बेडमा भर्ना गरिएका छन्
तर डाक्टर छैनन्
डाक्टरहरू आन्दोलनमा छन् या त
बेतलबी बिदामा छन्

बालाई चिठी परदेशबाट

  • by

बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ
परदेश सम्झने बित्तिकै ओठ, मुख सुक्छ
तर पनि म यहाँ छु
भित्र रोएर पनि बाहिर मुश्कुराएको छु
बा ! त्यहाँ त धान, गहु, तोरी झुलिरहेको होला
त्यहाँ त मखमली, सयपत्री, चमेली फक्रिरहेको होला