सधैं हिमाल झै अग्लिएको मान्छे
आज मैले होचो देखे
सधैं आडम्बरले हास्ने मान्छे
आज मैले रोएको देखे
सधैं चुरु, फुरू गर्ने मान्छे
आज पछारिएको देखे
सधैं फलामभन्दा दह्रो छु भन्ने मान्छे
आज मैले दोब्रिएको देखे
सधैं कालभन्दा कठोर आफूलाई संज्ञा दिने मान्छे
मैले नौनी झै पग्लिएको देखे
सधैं बलुवाभन्दा खस्रो मान्छे
आज मैले कपास जस्तै नरम देखे
हो; बर्तमान र भूतलेमात्र जीवन धानिदैन
हो; रबाफ र फुर्ती गर्दा समय चिनेको ठानिदैन
हो; अहम र क्रुरता भिर्दा सफल मानिदैन
बुझ्नुपर्छ : अध्यारैमा पनि रमाएको छा जून
खुट्याउनुपर्छ : उज्यालोमै पनि बिलाएकछन ताराहरू
मनन गर्नुपर्छ; रमाएरै बसेका छन् यस कल्याणी धर्तीमा सारा किट पतङ्ग र जीव, वनस्पतिहरू
तसर्थ- मानिसको मानवता नै ठुलो अस्त्र हो
मानिसको नम्रभाव र सुझबुझ नै अब्बल शास्त्र हो
यसबाट मानिसलाई घाटा हुदैन
बरू प्रतिष्ठा र अंम्मरता दुवै बढ्छ। अस्तु :
बिबेक दुलाल छेत्री दमक
वास्तविक नाम : भनुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई।
