Skip to content


ओ प्रियतमाहरू !
मेरा चरम उत्कर्शका योजनतहहरू
तिम्रो सुन्दर सपनाको योनाङ्गमा
पुग्न नपाउदै स्खलित हुँदा
म कति पनि दुखित भइन
ओ शहरीवालाहरू!
मेरो अहमरूपी हावाको
डी एन ए पराग कणहरू
तिम्रो बिचारको उच्च बक्षस्थलमा
रोक्दा रोक्दै खस्दा
म कति पनि सर्माइन।

तिम्रा उमङ्गका पैतलाहरू
सेता र कलकलाउदा नै किन नहुन
तिम्रा बर्तमानका पुठ्ठाहरू
अझ उतेजक र कामुक नै किन नहुन
मैले तीनलाई पालै पालो देखेर
म कति पनि हतारिन ।

अहिले सुन्दरताको हवेलीबाट
तिम्रो सत्वको अनुहार
ब्युटी कन्टेस्टमा जादैछ
अहिले तिम्रो जागरको नितम्ब
तिमीले जानी जानी पनि होटेलमा लिलाम हुदैछ
अहिले तिम्रो बुद्धिको बैश
मस्त बनेर युवक फेर्दै र रमाउदैछ ।

म आफ्नो जिद्धीको उताउलोपन समाल्न सक्छु
म मेरा उदारताको छडीलाई
आफैसित काबुमा राख्न सक्छु
म मेरो मुटूभित्रको आत्मीय पललाई
सदैब दराजमा थुन्नु सक्छु।

तर तिम्रो नखराको शरीरबाट
लाजको घुम्टो उघार्न
म कति पनि तत्पर भइन
म तिम्रो जिबनगीतको
पारदर्शी कपडाबाट चियाएर
आफ्नै मनसित तान्न
म कति पनि उत्साही भइन
म तिम्रो मायाको तातोतातो स्वास हुँदै
मेरो लक्ष्यको उत्कर्शमा पुग्न
म कति पनि उताउलो भइन ।

ओ प्रियतमाहरू!
किनभने
तिम्रो सागर जत्रो शोच
घट्दै घट्दै एकलोटा पानी
भएको छ यसैले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *