Skip to content

बिबेक दुलाल क्षेत्री

समर्पण

म लुकाएर हिड्दिन
तिमी सामु मेरो अनुहार
त्यो कालो डर लाग्दो नै किन नहोस्
म झुकाएर हिड्दिन
तिमी सामु मेरो लक्ष्य
त्यो सिकुटे र माया लाग्दो नै किन नहोस्

प्रेमासित …!

प्रेमा …!
तिम्रो प्रेम कहीं लेखिएको छैन
उसको मूटूको पानामा पनि
उसको साँझ बिहानको दिन्चर्यामा पनि

बरू पर्खिन सक्छु ऊ
चुरोट सल्काएर महगो मोबाइल चलाउदै
माथ्लाघरे माइलीलाई पधेरोमा
या भेट्न सक्छ उसले
तल्लाघरकी बिजुलीलाई
बुधबारे हाटमा

खुशी तुल्याउनु जतिको धर्म

श्रम गर
यही धर्ती स्वर्ग बन्छ
यो धर्ती बाहेक अर्को स्वर्ग कतै छैन ।
कर्म गर
तिमीले सत्कर्मले खनेको बाटोमा
यो दुनियाका मान्छेहरू हिडिरहन्छन युग युगान्तर
सबैको हृदयमा तिमी हुनेछौ तिम्रो मृत्‍यु सम्भव नै छैन ।

साहित्य र स्रष्टाको दायित्व

भनिन्छ, साहित्य समाजको दर्पण हो । यस कथनलाई मनन गर्ने हो भने हामी यतार्थ नजिक पुगेको अनुमान गर्न सक्छौ । किनभने समाजमा जति घट्नाहरू हुन्छन्- राम्रो, नराम्रो, सुख, दुख त्यसको सबै छाप साहित्यमा पाइन्छ । पहिले पहिलेको साहित्यमा मायाप्रीति प्रणयका स्वरहरूको बाहुल्यता रहने गर्थ्यो । तर अहिले साहित्य चलायमान छ, यो बोल्छ शांकतिक रूपमा, यो अमुर्त छ, मौनता साध्छ । यो आन्दोलित छ । गाउ शहरका फुटपाथ, गल्ली र बाटोहरूमा प्ले कार्ड बोकेर नेतृत्वबर्गलाई खबरदारी गर्छ ।

अक्षरहरूसितको लुकामारी

निद्रा खलबल्याई दिन आइदिन्छन्
रातभरि
बेला, कुबेला
अक्षरहरू
गर्दागर्दैको कामलाई ठप्प रोक्न आइदिन्छन्
दिनभरि
जुनसुकै बखत

ऊ नपढ़िएको पुस्तकको अक्षर हो

ऊ नपढिएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार ।

अक्षरहरूको बर्ग हुदैन
र पनि पुस्तकको घना जंगलमा
उसको आधारशिला
बर्गीय जरूर हुन्छ

उज्यालो भएको छैन (लघु नाटक)

(विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरूले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने/आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही बिद्यालयका बिद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् । यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।)

अधबैशे मान्छे – हेरियो … सबै हेरियो, राणा सासन हेरियो, पंचायत हेरियो, बहुदल हेरियो, अब यो के रे … गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो …? (हास्न थाल्छ एकोहोरो । अनि मन्द मन्द गतिमा भुइँ हेर्दै शितलमा बस्छ ।)

आज छ भोलि छैन (तीन मुक्तक)

१)

आज छ भोलि छैन चर्चा न हो जिन्दगी
आशाको डोरी बाट्ने चर्खा न हो जिन्दगी
कैले हास्छ, कैले बोल्छ, कैले त्यसै रिसाउछ
प्रेम अनि इर्ष्याको बर्षा न हो जिन्दगी ।

कुम्भकर्ण हिमाल

मलाई काट्टीकुट्टी
ऊ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो ।

म टन्न अघाएको थिए
र स्थिर थिए
क्रमश बढ्दो थियो मेरो बैभबताको उचाई
क्रमश चुलिदो थियो मेरो अह म ।

कोही भन्छन् ऊ हट्टाकट्टा जवान् हो

कोही भन्छन् ऊ हट्टाकट्टा जवान् हो
कोही भन्छन् ऊ गरिबको भगवान् हो

साँच्ची उसले नगरेको केही रहेनछ
यसर्थ ऊ दुई होइन सबैको वान् हो

नरबहादुर

चाक्लो गाडीको भीडबाट
नरबहादुर
नाम्लो, ढाकर
र सुन्तलाको सट्टा
एक भारी
अत्यासलाग्दो मन बोकेर
मरुभूमिको घाम जस्तो
तातो पर परसम्म
फैलिएको सडक
ए!मानको
पार गर्दैछ ।