पाच बर्ष अघि । अजय साझ-साझमा घर घुर्दै गरेको थियो । उसका साथीहरू विजय, रोहिणी र ऊ भएर जबर जस्ती यौटी किशोरी माथि गरेको कुकर्म । उसले धेरै दिन भुल्न सकेन । श्रीमतीले उसको उदाशिता देखेर पहिले नै” के भयो रोजीका बाबा?” भनेर सोधेकी हो । तर उसले बताउनै सकेन । पुलिसले बलात्कारीलाई खोजिरहेकै थियो ।
ऊ पैतिस दिन कटाएर घर आएको थियो ।
यसरी पाच बर्ष पछि । उसको जीवन जसरी नै चलिरहेकै थियो । तर पनि उसलाई पहिलेका नराम्रा कामले घोचिरहेको थियो । आज ऊ बजारबाट घर भित्र के पस्न मात्र लागेको थियो, उसकी श्रीमती -“रोजीका बाबा हामी बर्वाद भयौ” भनेर डाको छोडेर रुन थाली । “के भो के भो?” अजयले आफ्नी श्रीमतीलाई सम्हालिदै भन्यो ।
श्रीमतीले अतालिदै छोरी रोजीतिर देखाई । रोजी – “मार्छन्, मार्छन्, नाई, नाई” भन्दै चिच्याउदै थिई ।
रोजीका लुगाहरू च्यातिएका र शरीर पुरै चिथोरिएको थियो । अब घरमा गाउलेहरू जम्मा भैसकेका थिए । उनीहरूले भने -“तिमीहरू अब रोएर के गर्छौ ? तिमीहरूकी छोरीलाई कसैले सामुहिक इज्जत लुटेको रहेछ । हामीले तोरीबारीमा मुर्छित अवस्थामा भेटेर ल्याएको । अब अस्पताल लैजाओ, पुलिसलाई खबर गर ।”
यति भनेर उनीहरू हिडे ।
अजय अहिले अवाक भयो । उसको अन्तर आत्माले भन्यो -“हरे भगवान् मैले पो अपराध गरेको थिए । मेरो पापको भागी मेरी निर्दोष छोरीमाथि । मैले आफ्नो जिन्दगीको खाल्डो आफै खनेछु, मलाई धिक्कार छ ।”
ऊ बरर आशु झारेर निकैबेर टोलाइरह्यो ।
अस्तु :
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक,झापा
हाल :अबुधाबी,यू ए इ ।