Skip to content

बा-आमाको तस्बिर

  • by


मेरो कोठाको भित्तामा
घुर्मैलो आकाशको ब्लाक ऐन ह्वाइट
खुर्पे चन्द्र झैँ टाँगिएको छ
मेरा बा-आमाकोको तस्बिर ।

रोगले मेरा बा-आमालाई थलाएको थ्यो
जसरी अहिले यो देशलाई थलाएको छ
महंगीले मेरा बा-आमालाई खेदेको थ्यो
जसरी यो मुलुकलाई महंगीले खेदेको खेद्यै छ ।

मेरो मनै मनको दिवालमा
नमेटिने गरी झुण्ड्याइएको छ
मेरा बा-आमाको तस्बिर

बाले भन्नुहुन्थ्यो -“मैले नदेखे पनि छोरा तैले गणतन्त्र देख्छस् !”
आमा भन्ने गर्नु हुन्थ्यो – “छोरा अब यो माटोमा शान्तीका फूलहरू फुल्छन् !”
मेरो उत्तर तयार नहुदै वहाँहरू जानु भयो ;
अब मेरा बालाई मैले यो देशको पुरा भइनसकेको कथा कसरी भन्नु ?
अब मेरी आमालाई मैले शान्ति बिरामी परेको कुरा कसरी सुनाउनु ?

मेरो खाट, टेबल र भित्ताको छेवैमा
बात्सल्यताको प्रज्वलन गर्दै मुटुभित्रै टास्सिएको छ
मेरा बा-आमाको तस्बिर ।

अस्तु :

विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल :अबुधाबी, यु ए इ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *