Skip to content

अप्ठ्यारोलाई पनि रुवाई दिनुछ

  • by


अप्ठ्यारोलाई पनि रुवाई दिनुछ
उनीलाई मेरो याद सुनाई दिनुछ

जो जो छन् आत्महत्या गर्नेहरू यहाँ
सबैलाई जिउने कला सिकाई दिनुछ

असफलतामा कोही सफलता उमार्छ
खोजी खोजी उसैलाई बधाई दिनुछ

झुप्रोमा आनन्द छ महलको के कुरा
दुख के हो आज मैले सफाइ दिनुछ

म दिलको राजा उनी मेरी दिलकी रानी
साँचो प्रेमको परिभाषा बताई दिनुछ

म बाहेक सबै दह्रा, बलिया, बांगा तर
मैले एकफेर आफ्नु जादु चलाई दिनुछ ।

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
(वास्तबिक नाम : भानुभक्त दुलाल )
दमक, झापा
हाल : अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *