Skip to content

उनीलाई सम्झेर मेरो शनदपत्र

  • by


खान्न खान्न भन्दा भन्दै पनि
खाइसकेको छु मैले
प्यारी तिम्रो कसम !
जान्न जान्नभन्दा भन्दै पनि
घुमिसकेको छु मैले
प्यारी तिम्रो प्रेमको बगैचा!!

एउटा जून आकाशबाट तल झर्छ
र रोज मलाई स्पर्श गरेर जान्छ
ऊ गएको हेरिरहन्छु
तिमीलाई देख्छु
ऊ आएको सम्झिरहन्छु
तिमीलाई भेट्छु

त्यो बेला
हेर्दिन हेर्दिनभन्दा भन्दै पनि
हेरिसकेको छु मैले
प्यारी तिम्रो चंचल अनुहार

म एक पठ्ठो घाम
तिम्रो देहमा बिलिन हुदैछु
खुशीको दुनियामा, तिमीसित हिडदैछु
अनि कालो, सेतो, पहेलो
र रातो रंग भएर पोतिदैछु
तिमी प्रतिको लगावले

यो क्षणमा
ढल्किन्न ढल्किन्नभन्दा भन्दै पनि
ढल्किसकेको छु मैले
प्यारी तिम्रो न्यानो काखमा

अब अप्ठ्यारो नमानेस्
अब अपवित्र नठानेस्
प्रेम र स्मृतीको कन्चन साइनो लिएर
म फर्किसकेको छु अहिले
आफ्नै यथास्थितिको अधार शिबिरमा
आफ्नै दिनचर्याको ग्रामबेशीमा

तर अँझै पनि भन्छु
यो सत्य हो कि
खान्न खान्नभन्दा भन्दै पनि
खाइसकेको छु मैले
प्यारी तिम्रो कसम !
जान्न जान्नभन्दा भन्दै पनि
घुमिसकेको छु मैले
प्यारी तिम्रो प्रेमको बगैचा

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यू ए इ

Leave a Reply

Your email address will not be published. Required fields are marked *