Skip to content

एउटा कुरा सुन सानु आउन पाइन यसपाली नि

  • by


एउटा कुरा सुन सानु आउन पाइन यसपाली नि
चुइएको घरको छानो छाउन पाइन यसपाली नि

साहुको ऋण भारी भयो साहुँ ब्याज गर्दा गर्दै
फाटे लुगा तनभरिका लाउन पाइन यसपाली नि

किन आउछ गरिबलाई दशै सधैँ दशा बोकी
तिमीसँगै बसी दशै मनाउन पाइन यसपाली नि

सुखो रोटो जो भएको तुल्याई खानु बाँडी चुडी
यस्तै भयो चिसो चिल्हो तताउन पाउन यसपाली नि

देखा सिखी नगरे है गाँठी हेरी चाडबाड मनाउ
थैलो बुझाई थोत्रो घर सजाउन पाइन यसपाली नि

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *