Skip to content

यसपाली नि त्यस्तै भयो मुख हेर्न आइन बुबा

  • by


यसपाली नि त्यस्तै भयो मुख हेर्न आइन बुबा
आउँछु भनी भनेको थिए तर छुट्टी पाइन बुबा ।

फोन गरे नेट वोर्कले साथ दिन्न चाड पर्वमा
तपाइको एक बचन नसुनी केही खाइन बुबा ।

दिदी, बैनी, दाजु, भाइ सबै भेला भए होला
यस्तै भयो यो साल पनि तीजमा गीत गाइन बुबा ।

टाढा छु म मुग्लानमा दु:ख जिलो बाँचेको छु
त्यही भएर मुख हेर्ने मैले केही पठाइन बुबा ।

तिर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *