१
के गर्ने गरिबको चिसो चुह्लो बाल्नै पर्यो
बालबच्चाको मुखमा माड हाल्नै पर्यो
कस्ले सुन्छ र आवाज निमुखाको
केही नलागेपछि खाडीतिर पाइला चाल्नै पर्यो
२
नालायकहरूको हातमा सत्ता छ
बेकामेहरूकै भागमा भत्ता छ
मैले भनेकै हुँ नि हिटलर चाहिन्छ भनेर
हाम्रै पसिना चुसेर नेता मैमत्ता छ ।
३
समय छ सोचेर हेर
व्यबहारिक सहमति खोजेर हेर
जनता अब भेडा रहेनन् अब
नत्र जनतालाई सोधेर हेर
तीर्थ”यात्री”पौडेल
