कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ
बिदाइको क्षणमा किन आशुँ झारिदियौ
बाटो छेक्ला भरे फेरि आशुँ भेल आई
जाऊँ कि फिर्यौ साह्रै ठुलो दोधार पारिदियौ
चिसो चुल्हो बाल्नलाई सार्है धौ-धौ थियो
मुग्लान जाने कमाउने आश मारिदियौ
भन तिमी के गरौ म रोजगार छैन देशमा
नबोलेरै मेरा सारा कुरा टारिदियौ
तिर्थ”यात्री”पौडेल

kasto badhye pari diyeu…..
kasto badhye pari diyeu…..