Skip to content

यो शुभ-दीपावलीमा सबलाई शुभको कामना

  • by


यो शुभ-दीपावलीमा सबलाई शुभको कामना
धन धान्य पूर्ण सबैका घरमा लक्ष्मीको प्राथना
बिघ्न र बाधा छुटाई दिनु सज्जन साराको
सकेको बिन्ती प्राथना गरौ आ-आफ्नै पाराको ।

बर्ष र दिनको महान चाड आयो नि तिहार
नरोउ चेली सम्झेर माइती हिम्मत नहार
बिदेशी माटो अर्काको आदेश पालन गर्दै छु
खुशीले भुल्यो नभन चेली पल पल मर्दै छु।

म आफै आएँ बेचिएँ आफैँ म आफ्नै पैसामा
रमाइलो गरी स्वदेशमै बस्न पाइन् बैशमा
ती सानी बैनी हेर्छिन रे बाटो साझँ र बिहान
विदेशमा जीबन जिऊनेहरूको अर्कै छ कहानी।

न चाड बाड आउछ यहाँ खट्न छ अर्काको
बुझ्दैन कोही पीर र ब्याथा पीर र ब्याथाको
सयपत्री फूल गलामा मेरो चढेन यो साल
सात रंगी टीका निधारमा पनि परेन के भएर।

तिमीले पनि ढोकामा ओखर फुटाउन पाइनौ
अभागी माइती तिहारमा कहिल्यै जुटाउन पाइनौ
नमरी बाचें कालले साचें अर्को साल भेटौला
चेली र माइती भेट प्यास मिलेर मेट्यौला।

टिपेर फूल गाँसेर माला ढोकामा सजाऊ
सात रंगी टिका मुछेर मेरो फोटामा लगाऊ
सम्झी देउ चेली पवित्र मनले त्यति नै काफी छ
दुखाए कि मन अन्जानमै मैले मलाई माफ गर।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *