
फूलको माला यसपाली नि नगाँस है चेली
सप्तरंगी टीका, टोपी नमाँस है चेली
यस्तै भयो म त आफैँ बेचिएको मान्छे
मुटु जल्छ उमंगमा नहाँस है चेली
बालुवाको देशमा हेर खडेरी छ माया
माया अन्त्यै सार्छु भनी नलाँस है चेली
मेरो आउने बाटो हेरी साँझ बिहानीमा
आसुँ धारा बगाई खुशी नछाँस है चेली
गरी खाने ज्यान हेर कमजोर बनाएर
बेदना लिई मनको डिल नटाँस है चेली
तिर्थ”यात्री”पौडेल
