मायाको चिनो
लु तिमीलाई मेरो
नयन जल ।
आउँछौ तिमी
हर रात अचेल
शिरानी रुझ्न ।
नसोध अब
पल पल मलाई
नयन हेर ।
कस्को कुराले
मलाई पखाल्दै छौ
गाउँघरमा ।
गुलाफको फूल
मायालाई कोशेली
दिएर आएँ ।
गुलाबी ओठ
प्रीतको त्यो निशानी
गालामा हेर ।
उनको काख
शिरानी बनेको छ
थकान मेट्ने ।
आखाँको चाल
एकान्तको इराधामा
मन चन्चल ।
दिलकी रानी
मनको सिंहासनमा
जमेकी छिन ।
तिर्थ”यात्री”पौडेल
