मनोमानी गरिरह्यौ दिल भित्रै बसी
फूल देखाई छूरी घस्यौ अंगालोमा कसी
के दिइन तिमीलाई मैले तन मन दिए
बदलामा तिम्रो मैले आँसु मात्र लिए
खुशी दिए चैन दिए, दिए मैले सारा
सबै लुटी तिमी गयौ भए बेसाहरा ।
किन गर्यौ मनोमानी कोमल मनमा बसी
भए जति सारा लुटी आँसु दियौ दसी
घात मात्रै वर्षा गर्यौ प्रीत लुकाएर
एक गुनमा सय दोष भुले दिल फुकाएर ।
दिनु मेरो गल्ती थियो बिश्वास मुरी मुरी
नग्याएर गयौ फेरी भन्यौ कुरी कुरी
हिजो भेट्दा खुल्ने अघर आज किन बन्द
खुट्टा मात्रै तान्छौ किन सधै छेक न छन्द ।
सक्छौ भने लिई जाऊ तिमी आफ्नो नासो
भुलिदिन्छु आतितलाई नलेऊ मेरो चासो
मनोमानी गरी रह्यौ दिलभित्रै बसी
फूल देखाई छुरी घस्यौ अंगालोमा कसी ।
तिर्थ”यात्री”पौडेल
