Skip to content

अखण्डता मेचीदेखि काली हुनुपर्छ

  • by


अखण्डता मेचीदेखि काली हुनुपर्छ
सम्बृद्ध सब नेपालीको टाली हुनुपर्छ।

छिमेकीको बिस्तारवादी नीति कति सहने
सीमानाको दसगजा खाली हुनुपर्छ ।

तेरो मेरो होइन अब देश सबको साझा
हामी सबै नेपालको माली हुनुपर्छ ।

भ्रष्टचारी घुसखोरीलाई सम्मान होइन
तिरस्कारको कालोमोसो गाली हुनुपर्छ ।

किन खेल्छौ शहिदको रगतमा होली
शहिदको भागमा सधै छाली हुनुपर्छ ।

कृषि प्रधान देश हाम्रो किसान दाइ तिम्रो
हातमा हलो कोदालो र फाली हुनुपर्छ ।

मुखले होइन कामले देऊ सुफत माल बीऊ
किसानका पाखा रेखा बाली हुनुपर्छ ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *