यो पालीको दशैँ पनि खालि निधार काटेँ मैले
छुट्टी मिलाई आउँछु भनी व्यर्थै किन ढाँटेँ मैले
बाटो हेरी टोलाएरे नानीहरू साँझ बिहान
यता पनि आँसुसँग थोरै खुशी साटेँ मैले
परदेशको कमाइले झिप झिप गरी बल्छ चुह्लो
मोज गरे भनी ठुलै गफ पनि छाटेँ मैले
पैसा फल्छ भन्दै आएँ बिदेशमा बोरा बोकी
कल्पनाको संसारमा सुनको डोरी बाटेँ मैले
तिर्थ”यात्री”पौडेल

बाटो हेरी टोलाएरे नानी हरु
बाटो हेरी टोलाएरे नानी हरु साँझ बिहान
यता पनि आँसु सँग थोरै खूशी साटेँ मैले
साच्चै तिर्थ जी बिदेशमा रहनु को पिडा मार्मिक लाग्यो
मन छोयो…
नमस्कार !
मन छोयो
उत्तरोत्तर प्रगतिको कामना !
धन्येबाद