Skip to content

काली आज कहाँ गई

  • by


काली आज कहाँ गई चौतारीमा आउँदिन कि ?
माया गर्छु भन्थी हिजो चोखो माया लाउँदिन कि ?

मेला पात दाउरा घाँस सल्लेरीमा गाई चराउँदा
पात बजाउदै गित उसले हिजो आज गाउँदिन कि ?

सातु चिउरा लिई आउँथी बन पाखामा गाई गराउँदा
माया गरी आफैं हातले काफल गेडी ख्वाउँदिन कि ?

तन भरी कुदाउँथी कोमल ती हात उसका
शहरमै भुली भन्छन उसको स्पर्स पाउँदिन कि ?

जुन भनी सधै उसलाई नयनाकाशामै सजाउँथे
साँचै अब जुन बनी यी आँखामा उदाउँदिन कि ?

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन
२०६७/७/१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *