पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ
यो मुटुमा नबुझिने आगो तिमीले किन बाल्यौ
बिगतका बाचा कसम सँगै खाएका देउरालीमा
बिर्सिएर, रीस-राग तिमीले मनमा किन पाल्यौ।
छैन धनम सँग तिमीलाई पहिले भनेकै हुँ
प्रतिरोषको आगो बाली मेरो माया किन गाल्यौ ।
छोडिगयौ माया प्रीत संपतिको खेती लाउन
आफू चोखो शुद्ध हुन दोष मलाई किन हाल्यौ।
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

तिर्थ जी, राम्रो
तिर्थ जी, राम्रो लाग्यो.अझै………..