तिम्रा सारा कुरा सुनी तिम्रो हातमा समाएथें
पिरतीका सुभासिला मिठा बातमा रमाएथें।
जातीत्वको नदी पनि हिम्मतले तरी हामी
समाजको ख्याल नगरी सिन्दुर माथमा सजाएथें।
तिम्रै खातिर मैले सारा घर परिवार समाज छोडी
पिरतीको सुन्दर संसार तिम्रै साथमा सजाएथें।
धन सम्पति चाहिंदैन माया भए पुग्छ भन्दा
जातीत्वको पर्दा च्याति आफ्नै जातमा चढाएथें।
