Skip to content

कति राम्री मेरी मायालु


चौबन्दी र फरियामा कति राम्री मेरी मायालु
रिसाउँदा झनै राम्री रिसाई देऊ न फेरि मायालु ।

सम्झी रहन्छु तिम्रो रुप गाजलु त्यो नयनको
बसेको छु परदेशमा तिम्रै तस्बिर हेरी मायालु ।

अभागीको पुर्पुरो यो जहाँ गए नि उस्तै रैछ,
महंगी र अभावको हिमाल जत्रो ढेरी मायालु ।

आउँछु चाडै फर्किएर तिम्रै काखमा निधाउन
तिमीलाई दिएका बाचाहरू सबका सब टेरी मायालु ।

देश छोडी परदेशमा एकान्तमा टोलाउदा
बगेका छन आँखाबाट सम्झनाका भेरी मायालु ।

तीर्थ “यात्री” पौडेल
लखनपुर ३ झापा, नेपाल।
हाल: बहराइन
असोज ७, २०६७

1 thought on “कति राम्री मेरी मायालु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *