Skip to content

सत्यदर्शन

  • by
NandaLalAcharya-09

“हाम्रो सात जनाको परिवार थियो । तीन जनामा झरियो । आफ्नो धन बटुल्न सकिएको छैन । आमाहरूले जस्तो अर्काको खेतमा सिला खोज्न जाने मन नगर् ।” आँखा रसिला पार्दै हजुरबाले गुनासाको पोको खोल्नुभएको थियो ।

पोकामा अरू दुई चार कुरा थप्दै हजुरआमाको आवाज निस्कियो, “आँखा नदेख्दा स्याहारेर आँखा देखाइयो । अहिले आफैँ अन्धो बनियो । देख्नेहरू दुनो सोझ्याउन परदेश भासिए । तँ पनि उतै हराइस् भने हाम्रा आँखा कहिल्यै ओभाउँदैनन् नि नानी !”

हजुरआमाको चेतावनीले मेरो मन डराएको थियो । म परिवारकी कान्छी सदस्य थिएँ । बाबा जागिरमा घरबाहिर हुनुहुन्थ्यो । दिदी र दाजु पढ्न सहर भासिनुभएको थियो । उहाँहरूको पढाइमा सहयोग पुर्याउनका लागि आमा पनि साथै लाग्नुभएको थियो । घरमा हजुरबाआमासँग म मात्रै थिएँ ।

हजुरबाआमा सधैँ म उहाँहरूकासामु छुनुमुनु गरिरहृँ भन्ने चाहनुहुन्थ्यो । यद्यपि व्यवहारमा कसैलाई भ्रममा राख्न मिल्दैनथ्यो । त्यसैले भ्रमको पर्दा चिर्दै भनेकी थिएँ; “म अहिले सानी छु । भोलि ठूली हुन्छु । तपाईँहरू नै मलाई अर्काको घर पठाउनुहुनेछ । अनि त … !”

गोलबजार, सिरहा ।
२०७८-०८-२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *