Skip to content

एकाध प्रश्न

  • by
NandaLalAcharya-09

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार-हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् ।

भोकानाङ्गाहरू अझै रोगाए । मोटाघाटाहरू अझै मोटाए । परिवर्तनको छेउटुप्पो देखिएन । साँच्चै उजाड वस्तीहरूमा लालुपाते र गोदावरी फुल्ने नामै लिएनन् ।

अझ तिमी भने क्षेत्रीयता र जातियताको पछि लागी शोषकहरूको फेदमा मलजल पुर्याउँदै छौ । सम्झनुपर्ने कुरा रछ्यानमा मिल्काएर बिर्सनुपर्ने इतिहासलाई पुनरावृति गर्न कम्मर कस्दैै छौ । तिमी त सहिदको रगतले नपिर्ने पो भएछौ ।

जलेको चिताले पोल्दै नपोल्ने हुन पुगेछौ । बगेको रगतलाई चौलानी भन्न थालेछौ । ढलेको शरीरलाई रहरको नशा भन्दा रहेछौ । अझ ‘इन्कलाब’का नारा फलाक्न भन्छौ । खेदाउनुपर्ने पक्ष चुपचाप खेदिएपछि अब कसलाई खेद्ने खेल खेल्दै छौ ? आर्थिक क्षेत्रमा कायापलट गर्ने नीति नल्याएर अब कस्तो तानाबुना बुन्दै छौ ?

अन्ततः कसलाई खेदेर शासनको कुन तन्त्र ल्याउन चाहन्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *