यही दुष्ट बाउले हो

  • by
NandaLalAcharya-09

पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको वाक्यले अधकल्चो मनलाई अरू मरणासन्न पारेको छ ।

साउने झरी उघ्रेर घाम झुल्केको थियो । गाउँबाट पढ्न आउने आफन्तलाई आउन नदिन छोरीको कडा उर्दी थियो ममाथि । म पढ्ने मान्छेलाई वातावरण दिनु मेरो वाध्यता र समयको आवश्यकता हो भनी विवशता पोखिरहेको थिएँ । आमाछोरी पारिवारिक कुरामा फतफताउँदै सुसेधन्दामा लागेका थिए ।

त्यसैबेला आँगनमा भेटिएका पाँचवटा आँपका पात देखेर आमाले सोधेकी थिइन्, “रुखका पात टिपेर र यहाँ छरेर कसले काम बढाएको हो ?”

वास्तवमा सानो छोराको अनूनयलाई टार्न नसकेर अघिल्लो दिन मैले नै ती पात टिपेर दिएको थिएँ । खेलिसकेर पनि उसले ती पात आँगनमै छरेको रहेछ । ती कुरा अहिले आएर सम्झँदै छु ।

आफूले सोधेको प्रश्नको जवाफ नआएकोले आमाले प्रश्नको पुनरावृति गर्दै सोधेकी थिइन्, “किन कोही नबोलेको ? लुतेले कि, बिर्नीले कि, पिचिरीले कि वा बाउ साहेबले हो ?”

यसै बैकल्पिक प्रश्नको उत्तरस्वरूप छोरीको मुखबाट फुत्केको उत्तररूपी नयाँ पुस्ताको उग्रताको वाणले उठ्नै नसक्ने गरी थलिन पुगेँ ।

+++

-२०७८ साउन ३, विहान ९:३३ बजे आइतबार शुभम् । अल इज ओएल ।

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *