Skip to content

नन्दलाल आचार्य

शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली

म अबुझ संसारमा छँदा कार्यक्रम सञ्चालिका सरिता लामिछाने कार्यक्रमको अन्तमा सधैँ भन्ने गर्थिन्– ‘व्यस्त बन्नुस्, स्वस्थ रहनुस्’ । उनको कर्णप्रिय स्वर सुन्न लालायित हुन्थेँ तर त्यो भनेको के हो, त्यसबेला ठम्याउनै सक्तिनथेँ । अन्तिम वाणी सुन्न चित्त व्यग्र हुन्थ्यो, तर त्यसपछि कार्यक्रम नै समाप्त हुने भएकाले कार्यक्रमको प्रारम्भदेखि नै छुट्टिनुपर्छ भन्ने भय हुन्थ्यो । उनी चेतनामूलक कार्यक्रम चलाउँथिन् । चेतनामूलक भनेपछि मलाई खुब मन पर्थ्यो । अहिले त हामी चेतनाहीनताले गाँजेको समयसँग हातेमालो गर्दै छौँ । उत्तिखेर त चेतनाको खाँचो टड्कारो रूपमा देखिएको थियो ।

एक शिक्षकको एक बिहान

०८ असोज, २०७५मा विहान ३:०० बजे नै आँखा खुले । शरीर कक्रेकै थियो । सायद नशा रोगी भएकाले नशा सक्रिय भएका थिएनन् । सकसले उठेँ र शौचकर्म सिद्धयाएँ ।

ओछ्यानमा पल्टिएँ । सुतिरहन मन लागेन । ध्यान मुद्रामा बसेँ र बुद्ध भजन सुन्न थालेँ । ७२ मिनेटको भजन अवधिभर त्यसमै हराएँ । अपूर्व आनन्दानुभूति भयो ।

कुकुरको बुद्धि

धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।

त्यो बाहिर आयो र चारैतिर दगुर्न थाल्यो । झुन्ड्याएका लुगापाटा र बारीका स–साना बोटबिरूवा चिथोर्न थाल्यो । सारा दृष्य धनराजले देख्यो । र, कुकुरलाई बोलाउँदै पक्रन दौडियो । कुकुर भाग्दै गयो ।

क्षतिपूर्ति

सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।

उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।

गाउँलेको नाटक

उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।

हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।

शिक्षकको नाममा अभिभावकको पीडापत्र

श्रीशिक्षकज्यू ! आज अचाक्ली मन दुखेको छ । सारा सपनाहरू तुहेर जालान् भनी डरले मुटु काप्न थालेको छ । अबको सहरा केवल तपाईं नै हुनुहुन्छ भनी लेख्न बसेको छु । यो विश्वास र भरोसा मैले कसैबाट सिकेको हैन, अभिभावककै हैसियतले अनुभूत गरेको हुँ । आशा छ, मैले तपाईंमाथि राखेका अपेक्षा पूरा गर्न कुनै कसर बाँकिरहने छैन ।

बिरामी–यात्राका भगवानहरू

विजया दशमी–२०७५ को अवसरमा स्कुल बिदा थियो । २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा तय भयो । यात्रा उमङ्गको नभई वाध्यताको थियो । यात्रा बिरामी–यात्रा थियो । कार्तिक १० गते पक्षाघातको सिकार भएको वर्ष दिन पुग्थ्यो । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्ने ध्याउन्न थियो ।

साथमा पुराना मित्र शिवकुमार यादव थिए । एका विहानै गोलबजारबाट सिरहा, माडर जाने म्याजिकमा चढ्यौँ । चोहर्वातिर बसबालाहरूले म्याजिकलाई सिरहासम्म मात्रै जान दिँदा रहेछन् ।

संस्कृति–विकृति

(सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेवल, कुर्सी, डेक्स–बेञ्चहरू राखिएका छन् । विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक, धार्मिक व्यक्तित्वहरूका तस्विरहरू झुण्ड्याइएका छन् । त्यहाँ महामानव गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ओशो, माओत्सेतुंग, शेक्सपियरजस्ता व्यक्तित्वहरूका महावाणी पनि लेखिएको छ । पिर्लिकपिर्लिक पल्टाउन मिल्ने पाटी पनि त्यहाँ राखिएको छ । त्यस पाटीका दुवै पाटामा भिन्न थरिका तस्विर छन् । अहिले देखिरहेको पाटोमा भने देख्न सकिन्छ– २५ वर्ष अघिको माने गाउँ ।

भागवत् गीताका अठार प्रेरणाहरू

महाभारतको छैटौँ भीष्म पर्वमा भागवत् गीताको चर्चा गरिएको छ । युद्ध मैदानमा खडा भएका अर्जुन आफ्ना मान्यजन र प्रियजनको बध गर्नुपर्ने अवस्था देखेर युद्ध विमुख हुन्छन् । उनी यस्तो युद्धलाई व्यापारको संज्ञा दिन्छन् । र, युद्धबाट विजेता बने पनि आफन्तको लासमाथि टेकेर आर्जेको साम्राज्यले कहिल्यै सुख–चयन नदिने कुरा गर्छन् । अन्ततः कृष्णले महाभारत युद्धलाई धर्मयुद्धका रूपमा व्याख्या गर्छन् । गुरु र शिष्य संवादका रूपमा लेखिएको हिन्दू धार्मिक ग्रन्थ विशेषलाई गीता भनिन्छ । जस्तै– शिव गीता, राम गीता, भागवत् गीता आदि । यसमा जीवनको साङ्गोपाङ्गो पक्षको शाश्वत बोध गराएर कृष्णले अर्जुनको चक्षु खोलिदिएका छन् ।

दैनन्दिन आँखा

अचेल म सबेरै सुत्ने र विहान सबेरै उठ्ने गरेको छु । डाक्टरहरूले दिएका सल्लाहलाई देववाणी ठान्ने गरेको छु । दाहिने हात कुप्रियाएर र दहिने खुट्टा बङ्ग्याएर भए पनि विहान–बेलुका खाली पेट १/१ घण्टा हिँड्ने गरेको छु । जोडजोडले श्वास फ्याल्न र नाक समाएर श्वास लिन र फ्याक्न लगाएका छन् । डाक्टर र साधकहरू त्यस क्रियालाई कपालभाति र अनुलोमविलोम प्राणायामभन्दा रहेछन् । गलत हो कि सही हो, म भने हरियो दुबोमा खाली खुट्टाले हिँड्दै र प्राणायाम गर्दै गर्ने गरेको छु । यसो गर्दा तोकिएभन्दा बढी समय पनि दिन सक्छु । बसेर प्राणायाम गर्न २ मिनेट पनि सक्तिनँ ।

20190106 NandaLalAcharya-LBK

बहुविधामा हात बढाउँदै हिँडने – लेखबहादुर कार्की

उदयपुर जिल्लाको कौवाई गाउँमा बसोबास गर्ने लेखबहादुर कार्कीका लागि कुनै तोकिएको पेशा छैन । उनी जन्मदै लेखक भएर जन्मे किनभने नाम नै लेखबहादुर रहन गयो । लेखेर जीविकोपार्जन गर्न सकेनन् । तसर्थ ठुलो ‘लेखक’ भनी चिनिन सकेनन् । आफ्नो सानो खेतबारी खोस्री हिँडे, कृषक हुन सकेनन् । छोरा–छोरी, नातिनातिना हुर्काएर बसे, गृहस्थ बन्न सकेनन् ।

बुद्धिजीवीको सक्रियतामा शिक्षामा कायापलट सम्भव

नेपालको शिक्षा मुठ्ठीभर व्यक्तिको कब्जाबाट गुज्रँदै आएको छ । आदिकालमा गुरुकूल पद्धतिको शिक्षा केही धनाढ्य व्यक्ति र गुरुहरूको हातमा थियो । राणाकालमा राणाहरूका भाइभारदार, आगेपाछे र चाकरीबाजकहाँ गयो । अवस्था सुध्रँदै आएको वर्तमान अवस्थामा राजनीतिक दल र तिनको भरणपोषण गर्नेहरूको हातमा सर्यो । पश्चिमका अङ्ग्रेजहरूले दासमनोदशाका नागरिक उत्पादन भइरहून् भनेर भारतमा छाडी गएको शैक्षिक पद्धतिको अन्धाधुन्धीकरण गरेर हामीले हाम्रो मौलिक शैक्षिक पद्धति आर्यघाटमा पुर्यायौँ ।

NandaLalAcharya-09

सिरहाको शिक्षामा भक्तबहादुर राई

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

हिजोसँग आजको गन्थन

बडो प्रेमका साथ हजुर मनो गन्थन अघि सार्न प्रोत्साहन गर्नुहुन्थ्यो। हामी पछि सरे अघि सर्न बाटो प्रशस्त गर्नुहुन्थ्यो। पुरानो पुस्ताको अनुभव, अनुभूति र अनुमानको असली ज्ञाता भए मात्र नयाँ पुस्ताको विज्ञानले शुद्ध नतिजा दिन सक्छ भन्नुहुन्थ्यो। हजुरबा ! हजुरले एक पटक भन्नुभएको थियो, ‘जुही ! आफ्ना कुरा र परिस्थिति लुकाउनु भनेको आफूले आफैंलाई धोका दिनु हो। मान्यवरलाई सुनाउनु भनेको समस्या समाधानको लागि जिम्मा लगाउनु हो। आशा र भरोसा प्राप्त गर्नु हो।’

अपाङ्ग शरीरको सपाङ्ग यात्रा

कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमार मुक्तिमार्गतर्फ लम्कन खोज्दा धेरै थरीका यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । विगत एक वर्षदेखि मैले गरेका यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।

डाँडाघरका माहिला सर

सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

बिमारीको बिहान एक घण्टा

०८ असोज, २०७५मा विहान ३ः०० बजे नै आँखा खुले । शरीर कक्रेकै थियो । सायद नशा रोगी भएकाले नशा सक्रिय भएका थिएनन् । सकसले उठेँ र शौचकर्म सिद्धयाएँ ।

ओछ्यानमा पल्टिएँ । सुतिरहन मन लागेन । ध्यान मुद्रामा बसेँ र बुद्ध भजन सुन्न थालेँ । ७२ मिनेटको भजन अवधिभर त्यसमै हराएँ । अपूर्व आनन्दानुभूति भयो ।

20180922_NandaLalAcharya-Manju

महिला हक कागजमा हैन व्यवहारमा देखिनुपर्छ

बेलाबखत प्रतिभा सम्पन्न बालबालिका भेटिन्छन्। मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा धुलैसँग लट्पटिएका पनि हुनसक्छन्। कुटो कोदालोसँग जुद्धै गरेका पनि भेटिन्छन्। अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङगेल बन्न सक्छन्। यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा/चेलीको कुरा आजको आलेखमा समेटेको छु।

आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

ऊ कति ठिक कति बेठिक ?

धेरै दिनपछि ऊ कक्षा ९मा छिर्यो । खोच्याउँदै र लरबराउँदै आएकोमा चिन्ने–जान्नेले ‘कठै’ भने । बुझ्दै नबुझेकाले मादक पदार्थ सेवन गरी कक्षामा पढाउन आएको ठानेँ । सम्मुखमा कसैले केही बोलेनन् यद्यपि एकापसमा कानेखुसी गर्न भने छाडेनन् ।

ऊ माष्टरको जागिर खाइरहेको अधवैँसे हो । ऊ अचेल अल्पकालका निम्ति अपाङ्ग भएको छ । दिनानुदिन बिमार बिसेक हुँदै गए पनि त्यो कछुवा गतिमा छ । त्यसैले ऊ पूर्ण आराम हुन नसकूँला कि भनी शङ्का मानिरहेको छ ।