शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली
म अबुझ संसारमा छँदा कार्यक्रम सञ्चालिका सरिता लामिछाने कार्यक्रमको अन्तमा सधैँ भन्ने गर्थिन्– ‘व्यस्त बन्नुस्, स्वस्थ रहनुस्’ । उनको कर्णप्रिय स्वर सुन्न लालायित हुन्थेँ तर त्यो भनेको के हो, त्यसबेला ठम्याउनै सक्तिनथेँ । अन्तिम वाणी सुन्न चित्त व्यग्र हुन्थ्यो, तर त्यसपछि कार्यक्रम नै समाप्त हुने भएकाले कार्यक्रमको प्रारम्भदेखि नै छुट्टिनुपर्छ भन्ने भय हुन्थ्यो । उनी चेतनामूलक कार्यक्रम चलाउँथिन् । चेतनामूलक भनेपछि मलाई खुब मन पर्थ्यो । अहिले त हामी चेतनाहीनताले गाँजेको समयसँग हातेमालो गर्दै छौँ । उत्तिखेर त चेतनाको खाँचो टड्कारो रूपमा देखिएको थियो ।


बडो प्रेमका साथ हजुर मनो गन्थन अघि सार्न प्रोत्साहन गर्नुहुन्थ्यो। हामी पछि सरे अघि सर्न बाटो प्रशस्त गर्नुहुन्थ्यो। पुरानो पुस्ताको अनुभव, अनुभूति र अनुमानको असली ज्ञाता भए मात्र नयाँ पुस्ताको विज्ञानले शुद्ध नतिजा दिन सक्छ भन्नुहुन्थ्यो। हजुरबा ! हजुरले एक पटक भन्नुभएको थियो, ‘जुही ! आफ्ना कुरा र परिस्थिति लुकाउनु भनेको आफूले आफैंलाई धोका दिनु हो। मान्यवरलाई सुनाउनु भनेको समस्या समाधानको लागि जिम्मा लगाउनु हो। आशा र भरोसा प्राप्त गर्नु हो।’
सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।