Skip to content
NandaLalAcharya-09

कता कताबाट आउँछ
खबरखाबर ल्याउँछ;
अर्काको मनको बात
दुरुस्तै सुनाउँछ
आफ्नो कुरा समेत
अर्काकहाँ पुर्याउँछ ।

कहिले आँसु लेखाउँछ
कहिले हाँसो फुटाउँछ
जस्तो जस्तो गरे पनि
मन हलुका बनाउँछ ।

हुलाकी दाइ आउनासाथ
मनमा बजिहाल्छ सिठी
हजुरबा गमक्क पर्नुहुन्छ
जब म लेख्छु बुबालाई चिठी ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *