Skip to content

नन्दलाल आचार्य

एक पिता–शिक्षकको नोट

समयसँग लडाइँ गर्दागदै विज्ञान सङ्कायमा प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर तह उत्तीर्ण गरेँ । मेरो परिवारमा खुशी नाच्न थाल्यो । म भने परीधीय मुस्कुराहट देखाएर साथ दिन थालेँ । उपाधिको भारले म थिचिएँ । आफूमा भएको स्वच्छन्दतालाई भित्रभित्रै दबाएर भद्र व्यक्तिमा रूपान्तरण हुने प्रयासमा लाग्दो भएँ ।

म कण्ठ गर्न माहिर थिएँ । एम.एस्सी.का सबैजसो पाठ्यपुस्तकहरू कण्ठ थिए । कतिपय कुरा बुझेको थिएँ । कतिपय भने नबुझीकनै मुखाग्र मात्रै थिए । प्रयोगशालामा समेत प्रमाणित गर्न सक्तिनथेँ । सिद्धान्तलाई व्यवहारबाट परीक्षण गरी सिद्ध गर्न नसके त्यसलाई विज्ञान भन्ने पक्षमा थिइनँ । संसारका लागि म गोल्डमेडलिष्ट थिएँ । तर, आफ्ना लागि कनिकुथी तेस्रो श्रेणीमा उत्तीर्ण गर्ने तल्लो स्तरको सिकारु नै थिएँ ।

पातर र कडगरको जोडी

बाह्र बजेको चर्को घामले बाटो हिँड्नेलाई असिनपसिन पारेको छ । दुई जना चुइँकिने साइकलमा चढेका छन् । उत्तरतिर हाँकिँदै छन् । बाटाभरि विद्यार्थीहरू भेटिन्छन् । एक किसिमको गुन्जायमान वातावरण फेला पर्छ– ‘बाई, बाई सर ! बाई…।’ आफूले अभिवादन नफर्काएमा पाखे भइएला भन्ने त्रास छ, साइकल यात्रीहरूमा । उनीहरूका पनि ओठ खुल्छन्– ‘बाई, बाई स्टुडन्टस्…….बाई…….।’

आफू जागे, जगत् जाग्छ

प्यारा नानीबाबुहरू !
यस पुसे ठण्डीमा न्यानो अभिवादन ।

जीवनमा सुन्नुपर्ने, गुन्नुपर्ने र सही लागेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने कुराहरू अनगिन्ती छन् । यद्यपि म यत्तिखेर सुन्न हैन सुनाउन उपस्थित छु । किनभने आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ । मन आनन्दले पुलकित हुन्छ । बेहोसीपन कम हुँदै जान्छ, मनमस्तिष्कमा होसीपन बढ्दै जान्छ ।

बाबुनानीहरू सपार्ने काइदा

१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यतः वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।

बालबालिकालाई सुमार्गमा डोहोर्याउने काइदा

(शनिबार साँझको ६ः३० बजेको समय छ । परिवारका अग्रज र अनुज सदस्यका साथै परिवार निकटका एक महानुभाव प्रमुख अतिथिको रूपमा उपस्थित छन् । परिवारकी एक सदस्य कमला उद्घोषकका रूपमा अघि बढ्छिन् ।)

कमला– (जम्ला हात गर्दै) नमस्कार ! म यस चौधरी परिवारकी एक सदस्य कमला आजको साप्ताहिक पारिवारिक सभाको उद्घोषण गर्ने अनुमति चाहन्छु । (सबैले ताली बजाएर स्वागत गर्दछन् ।)

छओ टा शहीद (लघुकथा)

चारू दिश सूनसान अछि । गाडीयोसभक आवाज बन्द भऽ गेल अछि । राति नि:शब्द भ ऽ रहल अछि ।

लेखक लिखबामे मस्त अछि । बिजली नइँ अछि । पंखा घुमि नइँ रहल अछि । इन्भटरक इजाृतमे ओ शब्द चुबा रहल अछि । पसेनासँ ओ नहा गेल अछि । लिखबाक धुनमे पसेनो पोछबाक ओकरा फुर्सति नइँ अछि ।लिखिरहल कापिओ भिजिरहल अछि । ओहि कोठलीमे हवा पैसनाइ पर रोक अछि ।

राजगुरुसँग राजा

सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

पुरस्कार र सम्मानको व्यवस्था: एक अनुकरणीय पक्ष


सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैको बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । त्यहाँ यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्दछन् । २०७२ भदौ १५ गते भोवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रधानाध्यापक पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतमले अहिले प्रधानाध्यापकको पद सम्हालेका छन् ।

बाल अपेक्षा : मायालु मार्गनिर्देश र न्यायोचित व्यवहार

१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यत: वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।

जीवन यात्रा: गोलबजारदेखि खरैयासम्म

२०७४ कार्तिक १० गते पारिवारिक बोझ बोकेर सिरहाको गोलबजार उत्रिएँ । कोठामा समान मिलाउँदा मनमा अरू बोझ थपिएछ । २०४७ साल अघिदेखिको बोझभन्दा भिन्न थियो त्यो बोझ ।

मनोबोझ यत्ति थपिएछ कि म त्यही बोझले पुरिएर शरीरको आधा पाटो नचल्ने भएर कार्तिक १३ गते विराट नर्सिङ होमबाट बाहिरिएँ ।

आफ्नै सेरोफेरोको एक बकपत्र

मुलुकको प्रतिकूल अवस्थामा कहिले कसैबाट जोगिन त कहिले लहड चलेर ‘अक्षान्त’, ‘ललादन्न’, ‘नेत्र पीए’ जस्ता उपनामबाट समेत केही साहित्यिक र साहित्येत्तर लेख–रचना प्रकाशित गर्ने गरेको थिएँ । मूलत: म नन्दलाल आचार्य नामबाटै लेख्ने गर्छु । र, मेरो साहित्यिक पहिचान जे जति बनेको छ, यसै नामबाट बनेको छ । सुरुआतका दिनमा मलाई आफ्नै नाम पाङदुरे लाग्थ्यो । संसारमा ‘नन्दलाल’ नाम कसैको नहोला भन्ने लाग्थ्यो । गुगलमा सर्च गर्दा कैयौँ मान्छेको नाम ‘नन्दलाल’ भेटियो । भगवान कृष्णलाई पनि नन्दबाबाको लाल सम्झेर ‘नन्दलाल’ भनेको पाएँ । पछि आएर ‘नन्दलाल’ नामबाट स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा रचनाहरू प्रकाशन हुन थाले पछि भने यसै नामलाई प्रेम गर्न थालेँ ।

‘राजेश’ – ५ः दलित

विराटनगर शहर पूर्व रहेको भव्य मन्दिरको शिर उच्च छ । पूजाका लागि आउँने आउँदा छन्, जाने जाँदा छन् । आ–आफ्नो श्रद्धा प्रकट गरी पुण्य आर्जन गरेको अनुभूत गर्दा छन् । मन्दिरको छहारीमा त्यसको पूजारी भने हात मल्दै छन् ।

“पुजारीजी ! हामीलाई दलित भगवान्ले हैन, मान्छेले बनाएको हो । हामीलाई विवाह गर्न दिनुस् । सहयोग गर्नुस् । हाम्रो पवित्र सम्बन्धलाई गाढा बन्न दिनुस् । परमात्माले हजुरको कल्याण गर्छन् ।” राजेश हात जोडेको जोड्यै विन्ती बिसाउँछ ।

‘राजेश’ – ४ः प्रेम

प्रिय राजेश !

तिमीले लगाइदिएको कल्याणपुरे माटाको सिन्दुरले म सौभाग्यवती भएँ । त्यस भावनात्मक बन्धनले मलाई अर्को सौभाग्य दिलायो । मैले आफूभन्दा उमेरमा जेठो छोरो पाएँ । अहिले तिम्रो प्रिय साथी प्रकाश मेरो छोरो बनेको छ । हरतरहले मेरो हेरचाह गरिरहेको छ । म त त्यसकै ऋणले थिचिने भइयो भन्दै अत्तालिँदै छु ।

‘राजेश’ – ३ः नासोको सुरक्षा

रातको बाह्र नाघेको सङ्केत घण्टीको आवाजले दिन्छ । मोटरबाइक तीव्र वेगमा अघि बढ्दै छ । सप्तकोशी आफ्नो अथाह विशेषताले युक्त भएर हिँड्दै छिन् । बाइकका दुई प्राणीलाई पनि शितलता अनुभूत गराउँदै छिन् ।

त्यत्तिकैमा कोशी व्यारेजमा तैनाथ सुरक्षाकर्मीको सिठी बज्छ । बाइक रोकिन्छ । सोधपुछ सुरु हुन्छ । प्रकाश अलमलमा पर्छ । मालतीको शिर निहुरिरहन्छ ।

‘राजेश’ – २ः सिन्दुर

लोकमार्गमै लेपासिएको कल्याणपुर चौकलाई एघार बजे रातको अन्धकारले खर्लप्पै निलेको छ । दुई प्राणी हर्दम पश्चिमतिर हेरिरहेका छन् । मोटर साइकल आयो कि आँखा च्यातेर नियाल्छन् । ठूला गाडी आउँदा भने उत्ति साह्रो हेक्का राख्दैनन् ।

दुई घण्टे प्रतिक्षा मालतीलाई सकस भएछ । उनी भुइँमै थ्याच्च बस्छिन् । राजेश पनि उनैलाई साथ दिन्छ । दुवैले पहिलो पटक एक अर्कालाई स्पर्श गर्छन् । अपूर्व आनन्दानुभूतिले दुवै पग्लन्छन् ।

‘राजेश’ – १ः योजना

लोकमार्गसँग खुरचुहिया टाँसिएको छ । त्यसका वरपर आँपका रूखहरू लहरै ठडिएका छन् । यातायातका साधनहरू आफ्नै धुन र वेगमा ओहोरदोहोर गर्दा छन् ।

आँपका हाँगामा एक जोडी ढुकुर प्रेमालाप गर्दै छन् । मुन्तिर फेदमा राजेश गहभरि आँसु बनाएर सिन्काले माटो खोस्रँदो छ । घरिघरी आफ्नै पुर्पुरो ठोक्दै गर्छ ।

संसार कस्तो पागल छ ?

रजनिस (ओशो) ‘संसार’ हो र तपाईं ‘स्व’ हो । ‘स्व’मा समाधान नभएसम्म संसारमा समाधान हुन्न भनेर योगी डा. विकाशानन्दको कथन सुनेपछि रजनिस को रहेछन् भन्ने खोजी गर्न थालेँ । वास्तवमा हाम्रो जीवनको मूल समस्या बाहिरबाटभन्दा हामीभित्रैबाट पैदा भएको हुन्छ । समस्या जहाँबाट जन्म्यो समाधान पनि त्यहींभित्र रहेको हुन्छ । त्यसैले आफूलाई, आफ्नो स्वभावलाई, आफ्नो क्षमता र प्रवृत्तिलाई सही ढंगले बुझ्न सकियो भने मात्र समस्याबाट पार पाउन सकिने रहेछ । त्यसैले मूल वस्तु नै हामी मनुष्य रहेछौँ । रजनिस त माध्यम मात्र हुनुहुँदो रहेछ । रजनिसले जीवनमा हामीलाई बाटो दिनुहुँदो रहेछ, हिंड्ने काम त हामी जीवनयात्राका यात्रुहरूको नै हो ।

छुनुमुनु गर्दै टुकुटुकु आऊ (बालगजल)

छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबु ।

मिलिजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबु ।

सप्तरीबाट मुखाले रेग्मीको राजनैतिक चड्कन

चुनाव जिताउँदा नि भएन
हराउँदा नि भएन
कस्तो ज्याद्रो जात होला यो
बन्द, हडताल रूचाउने
धर्ना, अनसन पचाउने
चड्कनलाई चिउरा मान्ने
चाप्लुसीलाई दही ठान्ने ।

नलिने मन भए (बाल-गजल)

नलिने मन भए पाए जति फर्काऊ बाबू
कुरूप इतिहास चै सके जति मर्काऊ बाबु ।

भोलिका रवि हौ, आजैदेखि कम्मर कसेमा
सक्छौ तिमी जित्न, थोत्रा हूल हर्काऊ बाबु ।