Skip to content

नन्दलाल आचार्य

जगतको सृष्टि बारे थारु संस्कृतिको कथा

प्यारा भाइबहिनीहरू ! यो संसारको सृष्टि सम्बन्धी विभिन्न क्षेत्रहरूको दृष्टिकोण बेग्लाबेग्लै छ । सबैभन्दा प्रमाणित आधार चाहिँ वैज्ञानिक दृष्टिकोण नै हो । यस कुरामा त्यत्ति ठूलो मतैक्यता छैन । यहाँ भने थारु संस्कृतिमा संसारको सृष्टि बारे रोचक कथा प्रस्तुत गरिन्छ ।

एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्परुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए ।

त्राहीमाम ! (लघुनिबन्ध)

ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई–भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ । दूध–घिउ आफू खान्छ । मोही–मल भने चर्को मूल्यमा हामीलाई दिलाउँछ । हाम्रै खेतबारीको धान लग्छ, चामल बनाएर हामीलाई नै बेच्छ । हामै्र खोलाको पानी भर्छ र पानीको जार हामीलाई नै थम्याउँछ । हामीबाटै मोटो रकम कुम्ल्याउँछ ।

लगानी (लघुनिबन्ध)

ए गीता म्याडम ! तपाईँले ठानेजस्तो नेतानेतृ बन्न सजिलो छैन । अनेकन् सोपानहरू उक्लेपछि मात्र त्यस स्थानमा पुगिन्छ । त्यसका लागि कर्म गर्नसक्नुपर्छ । बिनाकर्म नेतानेतृले सुखानुभूति पाएका छैनन् । हाम्रा नाङ्गा आँखाले देखेको सत्य होइनन् । अखबारसँग झोक्किए पनि र टेलिभिजनसामु मुस्कुराए पनि एक्लै हुँदा उनीहरू बेचैनका साथ दिन गुजार्छन् । षडयन्त्रको तानाबुना बुनेर जो जति अर्कालाई पछार्न बल गर्छ, उत्ति नै धेरै पटक स्वय म पछारिँन्छ ।

ब्रह्माजीलाई निवेदन

श्रीब्रह्माधिपतिज्यू,
चौधै भूवन शिक्षाभवन; ब्रह्मलोक ।

विषय- लथालिङ्ग व्यवस्थापन बारे ।

महोदय,

उपर्युक्त सम्बन्धमा म रहरलेभन्दा पनि वाध्यताले कहर काटेर आएको मनुष्य चौध सय परिवारको एक पूराण वाचक सदस्य भएको छु । सृष्टि गर्न जानेपछि तपैँले नै व्यवस्थापन गर्नुपर्छ भन्ठानी निवेदन टक्रयाउने हिम्मत गरेको हुँ ।

पीडामुक्तिको उपाय

मध्यमस्तरीय परिवारको उमेश १५ वर्षदेखि बोतलमा डुबेको कहैल्यै निस्कने नाम लिएन । बाबुआमाको मनोकाङ्क्षालाई रत्तिभर सम्बोधन गरेन । चार/चार वटी श्रीमतीले त्यागिदिँदा पनि होस् फर्काएन ।

पन्ध्र वर्षदेखि लागेको रक्सीको लत पैँतालीस वर्षसम्ममा पनि छुटेन । त्यस्ता महान् मूर्ख महाराजजीको अमृत तर हामीले भन्ने गरेको दारूपानी छुटाउने अचुक ओखति वा उपाय भए सर्वस्व दिएर भए पनि प्रयोग गराउने थिएँ ।

सुखको सूर्य जन्माउने पत्नीलाई पत्र

प्यारी जानकी,
सप्रेम सम्झना !

तिमी मेरो जीवनमा नआउँदा म फगत एक्लो थिएँ । जिम्मेवारीबाट पूरै अलग थिएँ । पैतृक सम्पत्ति र संरक्षणमा जीवन हिँडाइरहेको थिएँ । चिन्तामुक्त मनोदशामा सिर्फ लेखपढमा चित्त लगाउँथेँ । थरीथरीका शैक्षिक र वैयक्तिक अनुभव भएका शिक्षकहरू थिए । उनीहरूको छत्रछायाँले दिनहुँ मेरो ज्ञानको जग बलियो हुँदै गइरहेको थियो । विज्ञानको विद्यार्थी हुनाले खोजयात्रामा सरिक हुने अवसर समेत मिलिरहन्थ्यो ।

निर्दयी मन

उकाली ताछी पार्नु छसम्म नभन त्यसरी
मैदान उठ्छ भनेर तिमी नखन त्यसरी ।

एउटै मूर्ति बनाईकन चकित तुल्याई
साकार पार्छु सपना भन्दै नकन त्यसरी ।

20170122_NandaLalAcharya-Lekh-01

एक शिक्षकलाई सप्तरीको सन्देश

सप्तरीलाई कार्यथलो बनाएर पत्रकारितामा राष्ट्रिय पहिचान बनाइरहेका जुझारु पत्रकार तथा न्यूज टुडेका सम्पादक श्यामसुन्दर यादवको मैथिली भाषामा व्यक्त विचार थियो–

उदयपुर जिल्ला घर भएका साहित्यकार नन्दलाल आचार्य विगत अढाई दशकदेखि सप्तरीलाई अध्ययन र शिक्षणको कर्मथलो बनाएर रहनुभएको थियो । मूलतः मैथिली र नेपाली भाषमा कलम चलाउँदै आउनुभएका आचार्य हालै सिरहास्थित श्रीजनसेवा उच्च मावि, कर्जन्हा–४मा नेपाली विषय शिक्षक बनेर स्थानान्तरण हुनुभएको छ । प्रगतिशील साहित्य फाँटका समेत एक हस्ताक्षर नन्दलालजी सिरहा जाने कुराले मेरो आँखाभरि आँसु भएको छ ।

मेहनत

धन भएका जति सहर पसेका र कम धन हुनेहरू मात्र रहेका भनेर चिनिने एउटा गाउँ छ । राजविराजदेखि सात किलोमीटर पूर्व–दक्षिणमा अवस्थित त्यो गाउँ एक समय सप्तरी जिल्लाकै शिक्षाको केन्द्र थियो । अहिले भने त्यहाँका केही नानीहरू नजिकैको स्कुल धाउँछन् । के पढ्छन् र के पढ्दैनन् भनेर सोध्ने फुर्सद तिनका अभिभावकलाई हुन्न । प्रायः काम परेको समय घरमै रोक्नु र काम नभएको बेला स्कुल पठाउनु त्यहाँको परिचय नै बनेको छ ।

‘अक्षर’ : जीवन जिउँने एक ज्ञानशास्त्र

पुस्तक लेख्ने र प्रकाशमा ल्याउने धेरै हुन सक्छन् । तर, अमरत्व प्राप्त गर्ने लेखक र कृति थोरै हुन्छन् । जसको लेखनले पाठकलाई साहित्य रसास्वादन गराउन सक्यो वा ज्ञानको सागरमा डुबुल्की लगाउन वाध्य पार्यो, उसकै कृतिको नाम चर्चामा आउँछ । उसले नै समाजको मनलाई अपहरण गर्न सक्छ । त्यस्तै हाराहारी शक्ति र सामर्थ्य बोकेर देखापरेको कृति हो– ‘अक्षर’ ।

देशविदेशका ज्ञानविज्ञानलाई ‘अक्षर’मा रूपान्तरण गर्ने लेखक/सङ्कलक/सम्पादक हुनुहुन्छ– तेजनारायण शेर्पा ‘रञ्जन’ । सद्य कृति ‘अक्षर’मा धर्म, साहित्य कला, संस्कृति, दर्शन, जडिबुटी विज्ञान, राननीति, ज्योतिषशास्त्र, तन्त्रशास्त्र आदि थुप्रै क्षेत्रका जीवनोपयोगी कुराहरू समेटिएका छन् ।

ॐ अँगारे लेखोट भूतायः नमः

सबै जना मसानघाटबाट घर पुगे । भूत पक्राउ परेको जमिन मास्तिर खाली जमिनमा सानो थान बनाए । प्रतीकका रूपमा एउटा ठूलो ढुङ्गो गाडे । छेउछाउमा अन्य स–साना ढुङ्गा पनि गाडे । सबै ढुङ्गालाई सिन्दुर लगाउने र काँचो धागो बेर्ने काम गरे । फुयल धामी, बस्नेत धामी र आचार्य धामी गरी तीन जना धामी भेला पारिए ।

‘देश हाँसेन’ भित्र हँसाउने उपायको खोजी

देश गणतन्त्रमय भएको थियो । जनयुद्ध थान्कामा लागेको थियो । तराई/मधेश पनि शान्तिको श्वास फेर्दै थियो । बोर्डिङ स्कुले शिक्षण जीवनबाट वाक्कदिक्क भइएको थियो । देशमा जे आए पनि र आउन खोजे पनि त्यसको सुवास जनतासम्म पुग्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ नै थियो । मैले भने कुनै परिवर्तन महसुस गरिरहेको थिइनँ । माथिल्लो आसनको अनुहार परिवर्तन थियो । घरदेखि दरबारसम्म कुर्सीमोह उस्तै थियो । कामधामको तौरतरिका फरक थियो ।

ओशो छहारीमा पुग्दाको एक अनुभूति

रजनिस (ओशो) ‘संसार’ हो र तपाईं ‘स्व’ हो । ‘स्व’मा समाधान नभएसम्म संसारमा समाधान हुन्न भनेर योगी डा. विकाशानन्दको कथन सुनेपछि रजनिस को रहेछन् भन्ने खोजी गर्न थालेँ । वास्तवमा हाम्रो जीवनको मूल समस्या बाहिरबाटभन्दा हामीभित्रैबाट पैदा भएको हुन्छ । समस्या जहाँबाट जन्म्यो समाधान पनि त्यहींभित्र रहेको हुन्छ । त्यसैले आफूलाई, आफ्नो स्वभावलाई, आफ्नो क्षमता र प्रवृत्तिलाई सही ढंगले बुझ्न सकियो भने मात्र समस्याबाट पार पाउन सकिने रहेछ । त्यसैले मूल वस्तु नै हामी मनुष्य रहेछौँ । रजनिस त माध्यम मात्र हुनुहुँदो रहेछ । रजनिसले जीवनमा हामीलाई बाटो दिनुहुँदो रहेछ, हिंड्ने काम त हामी जीवनयात्राका यात्रुहरूको नै हो ।

शिक्षक साहित्य – दुम्सीको गुहार

बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई नरे माइलाका बुबाले रित्तो हात फर्काउनुभएको थियो । त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै नरे माइलो त्यता दौडन लागेको थियो, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा नरे माइलाका परिवारजन कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थे । केही दिनसम्म यही क्रम दोहोरीरह्यो । तामाहरू चोरिँदा भए ।

शिक्षक साहित्य – देउताको मृत्यु

दस वर्षको नरे माइलो सानैदेखि एकाङ्गीपनमा रमाउने गर्थ्यो । साथीभाइ साथमा हुन्थे र पनि ऊ एक्लै हराउन चाहन्थ्यो । गोठालो गर्दा होस् कि स्कुल आउँदा–जाँदा होस् आफैँभित्र हराइरहन्थ्यो । जहिले पनि खुल्ला आकाशमुनि खुल्लै मनका साथ विचरण गर्न रुचाउँथ्यो । उसको रुचि सहकर्मीहरूलाई विल्कुलै मन पर्दैनथ्यो । त्यसैले सबैजसोले उसलाई ‘गाँडु’ भनेर गिज्याउँथे ।

NandaLalAcharya-08

शिक्षक साहित्य – माष्टर दाजुको आइडिया

वि. सं. २०३६ सालतिर नरे माइलो ६ वर्षमा हिँड्दै थियो । उसलाई घरमा पढाउने बाह्र वर्ष जेठा दाजु थिए । ऊ दाजुलाई माष्टर दाजु भन्थ्यो । आमाबुबाले उनलाई भनेका थिए– “भाइलाई सावा अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।”

माष्टर दाजुको नपिटी नसिकाउने बानी थियो । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । एकान्त भेट्नासाथ आमा भन्नुहुन्थ्यो– “अरू कुरा ऊ पछि आफैँ खोज्छ, अहिले फकाएर अक्षर चिना, शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा ।”

‘गरुराहा’ उपन्यासको मुख्य रचनागर्भ

विहान सबेरैदेखि कर्मपथमा जुट्नु, दिउसो केही घण्टा विश्रामको श्वास फेर्नु, साँझतिर कलेजहरू धाउनु र वातावरण अँध्यारिँदै गएपछि तरकारी हटिया छिर्नु मेरो दैनन्दिन थियो । मेरो चिनजानको संसार सानो थियो । पढेर र सुनेर चिनेकाहरू त मनग्यै थिए । दोहोरो चिनजानका चाहिँ औंलामा गन्न सक्ने जति मात्र थिए ।

मुक्त

प्रौढ– जा दाने ! जा । अब तँ आफ्नै लोकमा जा । मैले तेरी आमा र तँलाई धेरै सताएँ । अब म सकुँन्जेल एक्लै श्वास फेर्न चाहन्छु । नसकेमा एक्लै श्वास त्याग्न चाहन्छु । म तेरो रखवारी गर्न विल्कुलै असमर्थ छु ।

(दाने प्रौढको काखमा बसेर दारी खेलाउन थाल्छ । प्रौढ दानेको मायाले पग्लन थाल्छ ।)

हितको काममा चित्त

प्रिय प्रिन्सिपल महाशय,

आज म देखिएका कुरा लेख्दै छु । संस्थागत हितका दुईचार कुरा बताउँदै छु । हितबेगरका कुरामा समय बर्वाद गर्दिनँ । नोक्सान मात्र हुने नीति म पटक्कै चाहन्न । भन्नु त मनग्यै छ । त्यो तपाईंले पनि बुझ्नुछ । कुरा करेलाझैं तीतो छैन । त्यसले दिने मामचाहिँ पक्कै मीठो छ । पत्र नै किन भन्नुहोला । यसलाई आज के भयो ठान्नुहोला । फोनमा सबैखाले वार्ता हुन्न । यस बारेमा म चाहिँ दोहोरो वार्ता चाहन्नँ । दिएको जिम्मा बेकम्मा नहोस् । म यत्ति चाहन्छु–मेरो मनोकांक्षा तु. को तु. पूरा होओस् ।