सयौँ थुँगा फूलका हामी
(एउटा सुनसान ठूलो कोठा । परपर ससानो गाइँगुइँ आवाजमात्र सुनिन्छ । लिम्बुवान, विजयपुर, कोचिला, किरात, मधेश, तामाकोसी, शेर्पा, तामसालिङ, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारूवान, भोटेलामा, भेरीकर्नाली, सेतीमहाकाली जस्ता १७ राज्यहरूसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरू गम्भीर रूपमा बसेका देखिन्छन् । उनीहरू क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमश: २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरूमध्ये कसैकसैमा उदासी र अन्योलसमेत भेटिन्छ । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, पात्रहरू पनि चनाखो हुँदै जान्छन् ।)

दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो ।