Skip to content

नन्दलाल आचार्य

सयौँ थुँगा फूलका हामी

(एउटा सुनसान ठूलो कोठा । परपर ससानो गाइँगुइँ आवाजमात्र सुनिन्छ । लिम्बुवान, विजयपुर, कोचिला, किरात, मधेश, तामाकोसी, शेर्पा, तामसालिङ, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारूवान, भोटेलामा, भेरीकर्नाली, सेतीमहाकाली जस्ता १७ राज्यहरूसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरू गम्भीर रूपमा बसेका देखिन्छन् । उनीहरू क्रमश: पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमश: २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरूमध्ये कसैकसैमा उदासी र अन्योलसमेत भेटिन्छ । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, पात्रहरू पनि चनाखो हुँदै जान्छन् ।)

गाग्रीकी सीता

दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो ।

पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझमा निस्कनु उसको दिनचर्या नै थियो । मान्छेको आँखा छलेर वर्षेनी दुईचार हात सरकारी ऐलानी जग्गा समेत मिच्ने गर्दथ्यो ।

मुखामुख

–जन्मका आधारमा के तलमाथि गर्छौ, कर्मका आधारमा गर न ।

–जन्म होस् या कर्म ! कोख नै वैरी भए पछि गधा धोएर गाई बन्दैन ।

–घामले भेद गर्दैन । रुखले छहारी दिन कन्जुस्याइँ गर्दैन । अँझ मृत्युले काखा र पाखा सोच्दैन । हामी मात्र किन यस्ता भएका ?

शिक्षक

बोलेर थाक्न पाइन्न अज्ञान जति मेट्नुछ
ज्ञानको सार पल्टाई सबको मन हर्नुछ ।।
सुतेका कोपिला फक्रे नामको जग बस्दछ
तिनै बिग्री सडेमा नै सराप आँसु लाग्दछ ।।१।।

नैतिक भ्रष्टाचार

आम्दानी घटेको छ । महंगीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दु:ख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।

प्यारी ! घरदेखि टाढा डेरा थापेको छु । आजका कोपिला र भोलिका मुलुकका मेरुदण्डलाई बलियो बनाउन जुटेको छु ।

एकाध प्रश्न

रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार–हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । भोकानाङ्गाहरू अँझै रोगाए । मोटाघाटाहरू अँझै मोटाए । परिवर्तनको छेउटुप्पो देखिएन । साँच्चै उजाड वस्तीहरूमा लालुपाते र गोदावरी फुल्ने नामै लिएनन् ।

हैकमी परम्परा

जम्ला हात गरेर मात्र हुन्न । चाकरी–चाप्लुसीले मात्र पुग्दैन । द्रव्यदान गर्ने हिम्मत छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकीरहन्छ । जति भर्न खोजे पनि उसको झोला आधाको आधै रहन्छ ।

सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कु र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ ।

मुस्कानको बढोत्तरी (लघु निबन्ध)

गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ । गरिबीले पोल्न थाल्छ । विचारहरू युद्धमैदानमा उत्रन्छन् । शरीर झन भारी हुन्छ । मन अस्थिर हुन्छ । कहिल्यै अघाउँजी जीवन नभोगी वित्ने हो कि भन्ने त्रासले तर्सन्छ । निक्कै बेरको गलफतीपश्चात् मन स्थिर बनाउँछ । र, सुनसान रातलाई अँगालो हालेर आनन्दमा डुब्छ ।

काउछोको माला (लघु निबन्ध)

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अँझ चाम्रँदै होचिन्छौँ । तिमी भने उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाइरहेझैं छ । हाम्रो शुद्धि हराइरहेझैं छ । अरू बेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो छाप लिन गुलिया आश्वासन वितरण गर्छौ । तिम्रो आश्वासनमा विश्वास गरी हामी मख्ख हुन्छौँ । र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गर्दिन्छौँ ।

मधेशको गहकिलो आवाज : “हमर मनोरथ” भित्र

बुद्ध जन्मल देशमे, बुद्धिक कमि अछि ।
नेपाल जका ठाममे, शान्तिक कमि अछि ।

उपर्युक्त गीति हरफका रचयिता बनौला–४, सप्तरी स्थायी ठेगाना भई हाल राजविराज–६स्थित निजी निवासमा बसोबास गर्दै आएका युवा सर्जक देवकरण माझीका हुन् । पितामाता चिनीलाल र कुसुमकला देवी माझीका सुपुत्रका रूपमा वि.सं. २०४१ साल असार ११ गते यस धर्तीमा पहिलो पटक आँखा खोलेका माझी “पहिलो प्रेम” नेपाली गीतिक्यासेट सार्वजनिकसँगै चर्चामा आएका हुन् ।

सम्झनामा गणतन्त्रका पिता रामराजा

इतिहासकै कुरा गर्ने हो भने शाहवंशीय राजा पृथ्वीनारायणलाई हराउन र मकवानपुरे मल्ल वंशीय राजालाई जिताउन रामराजाप्रसाद सिंहका पुर्खाहरू नेपाल भित्रिएका हुन् ।

रित्तो बटुकोमा भोट

प्रिय जनता !
मेरो कोटिकोटि नमस्कार !

फेरि आएछ भन्नुहोला । अरू बेला आउँदै आएन ठान्नुहोला । जनताको सेवामा समर्पित यस जीवनले फुर्सद पाउँदै पाएन । के गर्ने मन भएर नहुँदो रहेछ, परिस्थितिको दास नभई नहुँदो रहेछ । त्यसैले आइएन । र, पो अहिले स्पष्टीकरणको वयान नदिई धरै पाइएन । यसो भन्न पाउँदा समेत आत्मीयताको वोध भइरहेछ । साँच्चै जनता जनार्दन ! मलाई हजुरहरूको खोजी गर्ने फुर्सद मिल्दा अपूर्व आनन्द लागिरहेछ ।

अभिभावकको तालिमे पुस्तक : ‘हामी आमाबाबु’

सन् १८८५मा भारतको गुजरातमा जन्मी ५५ वर्षको अल्पायुमा संसार छाडेर गएका शिक्षासेवी गिजुभाइको बालबालिका शिक्षासम्बन्धी कथन छ – कुनै कामकुरामा बालबालिकालाई दवाव दिनुहुन्न । उनीहरूलाई प्रताडित गरेर उनीहरूको व्यक्तित्व अस्वीकार गरेमा परिणाम घातक हुन्छ । उनीहरूलाई स्वतन्त्र छाड्नुपर्छ । उनीहरूको उत्सुकता र प्रयासको कदर गरी तिनलाई अभिव्यक्त हुन दिनुपर्छ । आफूले चाहेजस्तो नभई तिनीहरूले बन्ने खोजेजस्तो बनाउन सहयोग पुर्याउनु नै असल आमाबुबाको कर्तव्य हुन आउँछ । उनकै ‘माँ–बापों कि माथापच्ची’ नामक पुस्तकको नेपाली अनुवाद ‘हामी आमाबाबु’ शीर्षकमा सिकाइ समूह, काठमाडौंले प्रकाशन गरेको छ । त्यसमा हामी आमाबाबु अर्थात् अभिभावकहरूले बालबालिकाप्रति गर्नुपर्ने व्यवहारलाई विभिन्न संवादात्मक प्रस्तुतिका साथ रोचक ढङ्गले प्रस्तुत गरिएको छ । त्यसै पुस्तकमा आधारित रही यो लेख तयार पारिएको हो ।

नेपाली मुस्लिमको इतिहास खोतल्दा

नेपाल एशिया महादेशको माझमा रहेको हिमालको काँखमा उत्तर चीन र दक्षिण भारतको बीचमा परापूर्व कालदेखि अस्तित्वमा रहेको छ । अन्तरिम संविधान, २०६३ को धारा ४ अनुसार “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो” । धारा ३ अनुसार “यस राज्यमा रहेका वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, विशेषतायुक्त समान आकाङ्क्षा राख्ने नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।” संविधानसभाले प्रस्ताव पारित गरी सङ्घीयता र गणतन्त्रलाई राज्यको परिचयमा गाँसेको छ । यहाँ हिन्दु,बौद्ध,इस्लाम, लिम्बू, सिख, किरात, प्राकृत आदि धर्मावलम्बीहरु पाइन्छन् । साथै कुनै पनि धर्म नमान्ने र सबै धर्मप्रति तटस्थ रहने धर्म निरपेक्षवादीहरु पनि नेपालमा रहेका छन् । लगभग साढे ३ करोड जनसङ्ख्या भएको देश नेपालमा पाइने विभिन्न समुदायहरुमध्ये मुस्लिम समुदाय पनि एक हो । यो मूलतः धार्मिक समुदाय हो ।

माध्यमिक छोरीको स्नातकोत्तर पितालाई झापड

श्रद्धेय बुबा !

अब म पनि साह्रै कलिली छैन । सुझबुझसहित काम गर्ने उमेरकी भएँ । उत्ति साह्रो परिपक्व भने भएकी छैन । यद्यपि सोचसमझको विकास हुँदै गएको अनुभूत हुँदै छ । कताकता मेरो ज्ञानको क्षितिज थुन्ने आफ्नै आफन्त भएको महसुस हुँदै छ । र, यत्तिखेर पत्र कोर्न वाध्य भएकी छु । यसलाई सकारात्मकरूपमा लिएर मेरो स्वच्छन्दताको मार्ग अँझ सफा पार्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म आशावादी छु ।

पाँच लघु हाँस्यव्यङ्ग्यात्मक निबन्ध

१. थप्पडको मुङ्ग्रो
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ । तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो शुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ । तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो । मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ ।

सहभागितामूलक शिक्षणको नतिजा सकारात्मक

वि. सं. २००९ सालमा स्थापित भएर एक समय सप्तरी जिल्लाकै प्रख्यात विद्यालयको लहरमा गनिएको तर हाल केही दशकदेखि स्तरकायम गरिरहँन नसकेको श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा शिक्षणरत् हुने अवसर प्राप्त हुँदा भिन्नाभिन्नै किसिमका अनुभवहरू सँगाल्दै आएको छु । त्यसमध्ये कक्षा–७मा अध्ययनरत् करिष्मा यादव नाम गरेकी एक छात्रामा भेटिएको अनौठो क्षमता र पठनपाठनमा देखिएको कमजोरीले आफू स्वयम्ले एउटा गतिलो पाठ सिक्न पाएको कुरा यस लेखमा समेट्ने प्रयास गरेको छु ।

पाँच मुक्तक (हिमालमा हिउँ फुल्दा)

१.
हिमालमा हिउँ फुल्दा सुवास लिन्छ तराई
पहाडमा पैरो जाँदा निवास दिन्छ तराई ।
अराजक नीतिभित्र विकास भज्ने हो भने
सक्दिनँ म भन्न फेरि कहाँ पुग्छ तराई ।

दाइजो पीडित बाबुलाई छोरीको झापड

नेपाललाई भौगोलिकरूपमा हिमाली, पहाडी, भित्री मधेश र मधेश/तराई गरी विभाजन गरिएको छ । मधेश/तराईमा २० वटा जिल्ला पर्दछन् । ती हुन्– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर । उदयपुर र सिन्धुली गरी दुई जिल्ला भित्री मधेशमा पर्दछन् । यिनै जिल्ला अर्थात् तराई/मधेशमा बसोबास गर्ने केही जातिहरूमा अनिवार्यरूपमा दाइजो दिनुपर्ने चलन छ । छोरी हुने बाबुहरू तनाव लिन्छन् भने छोरा हुनेहरू दाइजो केकति र कसरी लिने भनी आइडिया लगाइरहन्छन् ।

रोगाएका युवा पुस्ता : गति, दिशा र गन्तव्य

साहित्यमा लेखन र पठन अमूल्य कर्म हो । लेखकको नाम र शीर्षक पढ्दै थन्क्याउँदै जानु पाठकीय रोग हो । असल पाठक बन्न नसक्ने मान्छेलाई असल लेखक बन्न सहज हुँदैन । जसले पनि काम लाग्ने कुरा त पढ्नै पर्छ । नलाग्ने कुरा पत्ता लगाउन समेत पढ्नै पर्छ । पाठकीय भूमिका निर्वाह गर्न पनि पढ्नै पर्छ । नपढी नयाँ दिशा देखिँदै देखिन्न । वर्तमानलाई बुझ्न र दृष्टि तिखार्न पनि पढ्नै पर्छ । लेखन र पठन संस्कृतिले मलजल भेटेमा मात्र बुद्धिजीवी जन्मने र फैलने अवस्था आउँछ । अनि मात्र बौद्धिक क्रान्ति सम्भव हुन्छ ।