सानो सानो गाउँ मेरो
भन्छन् सुन्दर नगरी
अद्वितीय उपहार प्रकृतिको
शिरको हो यो पगरी
काठमाण्डौंको उत्तरी भेग
ओगटेको छ यसले सारा
लाग्छ मानौ आकाशको
यो हो चम्चम् गर्ने तारा
माथि हेरे घना जंगल
राष्ट्रिय निकुञ्ज शिवपुरी
तल हेरे सेताम्मे बस्तीहरू
औलोकिक् हाम्रो कान्तीपुरी
विष्णु दर्शन गर्न यहाँ
लाखौं भक्तजन धाउँछन्
पूजाआजा, दान धर्म गरी
करोडौं पूण्य कमाउँछन्
सृष्टिको भण्डार यही हो
पाइन्छ शुद्ध ताजा हावापानी
बुढानीलकण्ठ भन्छन् यसलाई
प्रकृतिको हो अपार खानी
आऊ है साथी जीवनमा
एक पटक सयर गर्न यहाँ
यो मनै विभोर बनाउने
प्रकृतिको छ्टाँ अन्त कहाँ
बिना तामाङ
काठमाण्डौं
