खुसी दिएँ साटोमा रिस खनायौ
सँगै बाँच्ने रहर शुल बनायौ
देख्दा जोडी कसैको जल्छ यो मन
डाहा हुन्छ मनमा गल्छ यो तन
नाता तोड्यौपराई आफै जनायौ
सँगै बाँच्ने रहर शुल बनायौ
फुल्छु भन्दा त्यो दिलमा ठाउँ दिएनौ
फाटिगयो मुटु यो तिम्ले सिएनौ
बिछोडका पलमा उत्सव मनायौ
सँगै बाँच्ने रहर शुल बनायौ
खुसी दिएँ साटोमा रिस खनायौ
सँगै बाँच्ने रहर शुल बनायौ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
