नेपाल विश्वकै सुन्दर अनि शान्त हाम्रो देश
विविधतामा पनि एकरुपता ल्याउन सफल छौं
देश, परदेश जता जाऊ जे गर बन्देज छैन
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं
राष्ट्रीयता र स्वधिनताका कुरा तिमी पक्कै गर
तर कहिल्यै यसलाई क्षतबिक्षत हुने वार नगरौं
आत्मनिर्णय, अधिकारको आवाज तिमी बुलन्द पार
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं
हरेक जात, वर्ग, वर्ण सबै समान हुनै पर्छ
पहिचानको लागि संघर्ष गर्न हातेमालो गरौं
स्वतन्त्र रुपले जातीयता मुक्तिका निम्ति लड
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं
धर्म निरपेक्ष राज्य घोषित परिपत्र छ यहाँ
हिन्दु, मुस्लिम, बुद्ध , ईसाई सब एक हौं
आफ्नो धर्म , संस्कृति सुरक्षित राख तिमी
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं
देश बिकासका लागि सोच अब हात नबाँध
देश विश्वकै समुन्नत राष्ट्रमा परिणत गर्न उठौं
त्यसको लागि तिमी चाहे नेता बन चाहे जनता
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं
बिना तामाङ
काठमाण्डौं