Skip to content

नेताको जय जनताको पराजय

  • by


थरिथरिका प्रजातन्त्र आए
जात जातका नेता नेतृ आए
कोही के भन्दा भए, कोही के
कोही जय मधेश भन्दा भए
कोही जय नेपाल रट्दा भए
कोही लाल सलाम पुकार्दा भए
कोही पशुपतिनाथलै हामी सबैको
कल्याण गरुन् भन्दै
पुर्पुरोमा हात लगाउँदा भए
सबैका लागि सबथोक फलिफाब
तर जनताको लागि अभिशाप नै अभिशाप ।

त्यसैले यहाँ जनता दुब्लाएका छन्
तिनकै भोट पाउनेहरु मोटाएका छन्
जनतामाथि राजनीति गर्नेको
जय मात्र छ,
पराजय जनताको मात्र छ ।

००७ सालको प्रजातन्त्र
०१७ सालको पंचायती प्रजातन्त्र
०४६ सालको बहुदलीय प्रजातन्त्र
र ०६२-०६३ को लोकतान्त्रिक प्रजातन्त्र
सबै सबै जनताका लागि थिए
तर जनताका पक्षमा भएनन्
शाही सत्ता र नेतानेतृको पकेटको फल
सवित भए

तर अब शाही सत्ता छैन
जनताले ठूलो छाती पार्न नपाए
प्रजातन्त्रको अर्थ नै के रह्यो र ?
लौ भन्नुस् त,
दोष कसले लिने ?

रुपनगर ः ७, सप्तरी । हाल ः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *