Skip to content


एउटा नदी बारीबाट पारि नदेखिने मान्छे हिडेको नदेखिनेगरी बगि रहेछ अनि म छु र सिर्फ मेरो अतित छ वारिपारि डुगाँ चलिरहेछ। बोटेहरू नाउ खियाउँदा खियाउँदा सुस्त मनस्थितिमा छन्। धाम डुब्नेबेला छ। केही टाढा हरियो खेत र चौर छ। अलिपरिति बजार छ। बजार भरी सकेर नाउ तर्ने मान्छेहरूको भीड छ। नदी पारी ठुलो बजार छ । पसलहरू छन्। स्कूल अफिस र पुलिस चौकी छ।

 बारीको जस्तै पार छैन। सदरमुकामको नजिकै भए पनि यो उति सारो चहलपहल नभएको गाउँ हो। मान्छेहरू शिक्षित छन् अनुभवी छन्। तर गाउँ पिछडिएको छ। बारीको चेलिबेटी पारी बिहे गरेर पठाईन्छ पारीको पारी ल्याइन्छ। नाता सम्बन्ध साथी भाइ आवत जावत पारी वारी चलिरहन्छ डुंगा। तर्न लाईन बस्नुपर्छ। यात्रु धेरै छन्। डुंगा एउटा छ पालो-पालो तर्नु पर्ने अवस्था छ। डुंगा खेप लगाई रहन्छ। म आफ्नो पालो पर्खेर भुईको बालुवा खुट्टाले खेलाईरहेकी छु। घरमा छोडेर आएका लालाबालको सम्झनाले सताइ रहेको छ। ती लालावालाई छोईर मार्छत आएको चार पाँच दिन भइसकेको छ। आमा विरामी भएर खबर पठाएकोले आएको छु। आफ्नी आमाको न्यानो काख छोडेर पराईको आँगनमा पाइला टेके देखि साँच्चै भर्नु सारा दुनियाँ बदलिदो छ। आफ्नो आफन्त जस्तै छैनन्। साथीभाइ विराना छन्। यो ठाउँ यो वातावरण आफ्नो जस्तो छैन। जन्मदै खेल्दै आएको यो चौर यो गाउँ सबै-सबै विरानो छन्। आफूलाई शिरदेखि पाउसम्म हेर्न मन लाग्छ हेर्छु म। आफूलाई आफू हुँ भन्नपनि लाज लाग्छ। हुनु त मनै हुँ। फरक कति छ। त्यति बेलाको १३-१४ वर्षको धपक्क बलेको अनुहार। फ्रक लगाएर हिड्दा पुतली नाचे जस्तो लाग्ने वैश आहा। कति रमाईला थिए ती दिनहरू। कहाँ पहिलेको कहाँ अहिलेको। यो गुन्टा चोलि टाउकामा मजेत्रो कम्मरमा १२ हाते पटुकी आकास पतालको फरक। आफ्नो जीवनमा आएको फरक टुलु-टुलु हेरिरहेको छु चुपचाप। यो वातावरण र ती दिनमा किन फरक नपाउने। मैले कहाँको ३०-३५ वषको उमेर कहाँको १३-१४ वर्षे उमेर तर म त्यो समयलाई सम्झनुबाहेक के पो गर्नसक्थेँ र। स्कूल पढेका त्यो बेला टिफिन समयमा गएर ऐसेलु अंगेरी टिपेर खान्थ्यौ। ऐँ सेलुका झ्यालमा पहेला औसेलुहरू टिप्दै, रमाउँदै उकाली ओराली गर्दाका दिनै बेग्लै।

 साथीहरूसँग छिल्लिदै हा-हा र हि-हि गर्दै समय बिताउँथ्यौ। कहिले टाढाको पाखामा गएर पानी अमला खाने गर्थ्या। भोक लागेको बेलामा हामी काचाँ, कटमेरा पनि भन्दैनथ्यौ। साथीहरूसँगो गाछी र ऊ गाछी बाँदरको जस्तै हामफाल्ने गर्दथ्यो। स्कुल आइपुग्दा कहिले घण्टी लागिसकेको हुन्थ्यो, कहिले सर पढाई राखेका हुन्थे। बाँदर जस्तै थियौ हामी कहिले गाउँलेको बारीमा पसेर तित्री, कागती, निवुबा टिपेर खाँदा गाउँले देखेर गाली गर्थे। कतिले त यस्तो बदमास गरेको देखेर स्कूलमा गएर भन्थे। हामी डराई डराई स्कूल भित्र छिर्दर्थ्यो। कहिले काही टिफिनमा यही खोलामा आएर पौडी खेल्थ्यो सबैलाई पौडी खेल्न आउथ्यो। हाम्रो खेलमा कहिले काही केटाहरू आएर बाधा पुर् याई दिन्थे। हामी लजाउँदै लुगा लगाएर भाग्थ्यौ। हाम्रो गु्रपमा सबै भन्दा राम्री म थिएँ। सबैको नजरमा हाई हाई नै थिएँ कत्रो साना थियो त्यो बेला। झन केटाहरू त भुतुक्कै हुन्थे मदेखि। आज मलाई ती दिन सपना जस्तै लागि रहेछ। यी मेरा खोपिल्टा परेका आँखा, दाउरा जस्ता सुकेका पाखुरा, मुरली जस्तो सिकुटे कम्मर, धमिला र अर्धाना लुगाहरू। हरे यो मेरो गती म आफैलाई चिन्न सक्छिन्।

कहाँदेखि शुरु भएर कहाँ टुगिन्छ यो जीवन यात्रा कसले जान्दछ र मेरा बा-आमाले त्यस्तो धपक्क बलेकी आज यस्तो गती होला भन्ने के ठानेका होलान र। राम्रै ठाउँमा दिउला राम्रै होला भनेर नै प्रयास गरेकै थिए होलान्। तर मेरो भाग्य नै यस्तो रहेछ भन्नुपर्छ। त्यतिबेलाका मेरो साथी पढेर कस्ता भए होलान्। कहाँ पुगे होलान म चाहि यही नदीको बारी र पारि। यौटा जड्याहा लोग्ने छ। कचकचे सासु र कुकुरका छाउरा जस्ता भन्टया-भुन्टु तरदा तर्दे पल्टेर मर्न पाए पनि हुन्थ्यौ जस्तो लाग्छ म अभागीमीलाई (कहिले त यस्तै सोच्छु)। आज मलाई किन उसको याद आईरहेछ। रमेश, मेरो रमेश। होइन होइन ऊ त अर्काको पो भईसक्यो त ऊ मेरो रमेश कहाँ हो र कसरी भयो र के प्रेम गर्गैमा सबै आफ्नो हुन्छ र? मेरो भन्नु त यही जड्.याहा लोग्ने हो। उसकै जिन्दगी बाँचिरहेकी छु। यसकै पापका थुप्राहरू बाटुली रहेको छु। हेरक वर्ष ऊ मलाई एउटा नएउटा पापको पोको थमाउन आउँछ। ऊ आफूलाई महान ठान्छ तर म उसलाई पापी सम्झन्छु। उसको जीवन नै मेरालागि श्राप हो? उसका रगिंन साँझहरू बोतलमा मिसिएर ग्लासमा आएर पोखिरहेका हुन्छन्।

गिलास रितिदै जान्छ ऊ भरिँदै जान्छ। चरम सिमामा पुगेपछिसकिनसकि घर आएर म मा रितिन्छ लचार छु विवश छु। कसलाई भनौ यी कुराहरू। रमेश मेरो बन्न चाहन्थे। म उसकी भएर बाँच्न चाहन्थे। स्कुलका कतिपय स्कूलको घण्टी छोडेर हामी टाढा गएर घन्टौ सम्म कुराकानी गरिरहन्थ्यौँ। तिम्रो र मेरो भावना कति मिल्दथ्यो। कति माया गर्दथ्यो। हामी एक अर्कालाई तिम्रो मायामा मैले संसार भुलेकी थिए। हामी सँग-सँगै पढेर आउने दिनका सपना रंगीन बनाउने दृढ संकल्प गरेका थियौ। तिमी पढाईमा तेज थियौ म अलि लोसेखालकी थिएँ। त्यसैले फाइदा मेरा बा-आमाले उठाए र एउटा नदी पारिको केटी बोलाएर टीका लगाई दिए। त्यतिबेला तिमी गाउँहरूमा थिएनौ। कुनै काम बस शहरतिर गएका थियौ। टिकामा त्र लगाएर तिमीसित भइने निधो गरेको थिएँ। तर बाध्यता बस म भाइतीको आँगनबाट अन्माइए। रुदै-रुदै पराई घर जानु बाहेक मसँग अरु केही उपाए थिएन। एकदिन दुई दिन गर्दै खोला बगे जस्तो बग्ने क्रममा तिन चारवटा लालावालाई जन्म दिए। जस्तो सुकै नरकमय भए पनि पराई घरमा नै गारु जोती झै जो तिन थाले। तिमीलाई मुख देखाउने डरले म भाइत नै आउन छाडे।

तिमीलाई भनेर सोचको यो जीवन एउटा पापी जँड्याहालाई सुम्पिन बाध्य भएँ। रमेश तिमी कहाँ छौ? त्यो त मलाई थाहा छैन्। आखिर विधिको विधान पनि अचम्मकै रहेछ। आजम यही नदी देखेर तिमीलाई सम्झिरहेकी छु। यो बगीरहेको पानीले आज पनि मलाई तेरो रमेश खोई भनेर सोधीरहेछ? तर तिमी त आउँदैनौ। म माटा यो खोला तर्न विवश छु। डुंगा नजिकै आउँछ म तरेर पारिजान लागेकी छु। थाहा छैन यो डुंगाले कुन किनारामा लगेर छाडिदिन्छ।

जय ओशो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *