म भएँ आज उनको भर परेर घायल
एकोहोरो मैले मात्र माया गरेर घायल
मनभरि व्यर्थै फूल फुलाएछु आज हुन
मस्त बेला फक्रिएको फूल भरेर घायल
बोले हाँसे माया बढ्छ नजिक नजिक हुँदै
भएँ अलि अलि गर्दै छेउ सरेर घायल
अधेँरीमा एक्लै हँदा तस्बिर हेरी रुँदा
भएँ धेरै सम्झनाले दिल भरेर घायल
खै के के गरी मलाई जिउँदो लाश बनाई
घायल पारी उनले यो दिल हरेर घायल
