के पिउनु जब एक्लै तिम्रो साथ हुन्न
नशा त्यो नशा होइन जसमा मात हुन्न
सुनसान छ मौसम त्यहाँ हामी दुई
के मज्जा भो पिउनुको जब रात हुन्न
मिठा मिठा कुरा गरौं रात छिप्पिदैंछ
बेहोशीमा गरिएका बात याद हुन्न
सिंगो चैत फुलेको छ यहाँ आँगनीमा
वसन्त नआए सम्म जहाँ पात हुन्न
आऔँ समाहित होऔँ एकअर्काभित्र
फेरि फेरि यस्तो बेला मुलाकात हुन्न

mitho gajal chemjong ji
सिंगो चैत फुलेको छ यहाँ आँगनीमा
वसन्त नआए सम्म जहाँ पात हुन्न
mitho bhawana chemjong ji ..