दायाँ हात एउटालाई बायाँ अर्कैलाई
साथ दिन्छौ एउटालाई माया अर्कैलाई
खेल सम्झी मायाँलाई खेल्यौ बैगुनी
पुजेर हुँदैन ढुंगो देवता कहिले नि
बायाँ छाती एउटालाई दायाँ अर्कैलाई
साथ दिन्छौ एउटालाई माया अर्कैलाई
आधा आधा बाँडिने त्यो कुनै मायाँ हैन
दुई डुंगा पाउ राखी खोला तरिँदैन
एकातिर घाम पर्दा छायाँ अर्कैलाई
साथ दिन्छौ एउटालाई माया अर्कैलाई
contact
Dherai ramro 6 ,sarai man paryo.record garaune surma hunuhun6ki ??ple call me 9851038687.