Skip to content

सम्झनामा जलाउँदै मुटु माझ बत्ती

  • by


सम्झनामा जलाउँदै मुटु माझ बत्ती
आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती

नफुटाए आँखाबाट बेदनाको मुल
फुलाएर ल्याउँदैछु म पिरतीको फूल
तिम्रै निम्ति मन्दिरमा बाल्दै लाख बत्ती
आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती

बन्द गरे दिलको ढोका कोहि आई पस्ला
नफक्रदै हाम्रो माया ओईलाएर खस्ला
मन भरी मिलनको बाल्दै आज बत्ती
आउँदैछु बाली राख्नु तिमी साँझ बत्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *