Skip to content

झुकेर म पाउ तिम्रो छुन पाइरहुँ

  • by


झुकेर म पाउ तिम्रो छुन पाइरहुँ
आमा आमा भनि सधैं रून पाइरहुँ

जति बेला आँखाभित्र सानो घाउ हुन्छ
ममतामयी आँशुले म धुन पाइरहुँ

चुचुरोमा सधैं सधैं सगरमाथाको
फर्फराको देख्न घाम जून पाइरहुँ

नेपाली हुँ गर्व गरूँ अनि मुटुभित्र
नेपालको नाम लेखाउन पाइरहुँ

छ कामना यही मेरो लाख जुनीसम्म
मेरी आमा तिम्रै छोरो हुन पाइरहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *