यो ! भितामा नयाँ पात्रो लगाएर गयो
फेरी एउटा सालले ! अघाएर गयो
ठडिएका थिए धेरै, सपनाका महल
आँधी हुरी सुनामीले, बगाएर गयो
बोलाएँर चैत्र लाई ल्याएँ बगैचामा
फूल टिप्न नपाई मग्मगाएर गयो
उड्दै थिए आकाशमा परेवाका हुल
अचानक बाज आयो भगाएर गयो
कति धेरै सुतिएछ ! बल्ल समयले
मलाई यो निद्राबाट जगाएर गयो ।
