Skip to content

रूझेर झरीमा परेली त्यो

  • by


रूझेर झरीमा परेली त्यो झिमझिम थियो
रूझेका थ्यौं दुबै जना झरी सिमसिम थियो

अपरिचित आँखाहरू लड्नथाल्दा आपसमा
यस्तो लाग्यो हाम्रो पैले देखी हिमचिम थियो

नजरले नजरलाई ! नशा पिलाएपछि
मातिएर उन्को मेरो आँखा रिमरिम थियो

कालो रात शुन्यतामा साथ थियौं जुन बेला
धरतीमा चाँदनीको ज्योति धिमधिम थियो

आज उहीँ चाँदनी छे! उहीँ म छु! उनी छैन
त्यही भेट उन्को मेरो पैलो र अन्तिम थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *