Skip to content

पर्खिरहुँला म ताराहरूको माझमा

  • by


पर्खिरहुँला म ताराहरूको माझमा
चाँदनी बनेर तिमी आउनु साँझमा

मनभरि गुन्गुनाई सपनाको गीत
दुई मुटु एक भई लगाउँला प्रीत
बादलुले छोपेर त्यो मुहार लाजमा
चाँदनी बनेर तिमी आउनु साँझमा

चल्छ हुरी छातीभरि कुन्नि के के हुन्छ
कहिले मन पहाड त कहिले जून छुन्छ
मोहित छु किन यति तिम्रो आवाजमा
चाँदनी बनेर तिमी आउनु साँझमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *